Logo

२०८३, आश्विन ९गते


images
images

विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण

विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण

images
  • विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण
    images
    images

    काठमाडौं ।  विश्व बैंकको पछिल्लो तथ्यांकले विश्व अर्थतन्त्रमा मन्दी देखिने प्रक्षेपण गरेको छ। विश्व बैंकले गत जुनमा आर्थिक वृद्धि ३ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। तर विश्व बैंकले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा मात्र १.७ प्रतिशतमा सीमित हुने अपेक्षा गरेको छ।

    images
    images
    images

    प्रतिवेदनले युक्रेन र रूसबीच चलिरहेको युद्ध तथा कोरोना महामारीको प्रभावबाट उत्पन्न विविध कारणले गर्दा विश्व अर्थतन्त्रमा संकट आएको उल्लेख गरेको छ।

    images
    images
    images

    यसबाहेक आउँदो मन्दीको अर्को मुख्य कारण उच्च ब्याज दर पनि हो। निरन्तर बढी रहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदै लगेका छन्। उच्च ब्याजदरको प्रभावलाई निस्तेज गर्न विश्वभरका नीति निर्मातालाई ठूलो चुनौती थपिएको छ।

    images
    images
    images

    विश्व बैंकका अध्यक्ष डेभिड मालपासले यो मन्दी विश्वव्यापी हुने र विश्वका लगभग सबै भागमा मानिसको आम्दानीमा वृद्धि ‘कोभिड(१९ अघिको दशकको तुलनामा सुस्त हुने’ बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।