बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको सपथ ग्रहण आज हुने भएको छ । बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका गिरीको आज दिउँसो १ बजे लुम्विनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीको सपथग्रहणसँगै आजै नयाँ गठन हुने मन्त्रिपरिषदका केही सदस्यहरुलेसमेत सपथ ग्रहण गर्ने तयारी गरिएको छ।
गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमाले, माओवादी केन्द्रसहितका सत्तारुढ दलले दाबीपत्र पेस गरेपछि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
एमालेका २९, माओवादी १०, राप्रपा ४,नागरिक उन्मुक्ति पार्टीका ४, जजनता समावादी पार्टीका ३, स्वतन्त्र २, जनमत ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३ गरी ५८ जना प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बनेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology