Logo

२०८३, कार्तिक २८गते


images
images

मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक  नवलपरासीमा सुरु

मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक  नवलपरासीमा सुरु

images
  • मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक  नवलपरासीमा सुरु
    images

    नवलपरासी । मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी जिल्ला शाखाको आतिथ्यतामा शकरबारदेखि  पञ्चकन्याद्वारा उद्घाटन गरी भूमहीमा सुरु  भएको छ ।

    images
    images
    images


     विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति भन्ने मूल आह्वानसहित प्रारम्भ भएको राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०६३ सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको धारणा व्यक्त गरे  ।  दण्डहीनतालाई बढावा दिएका कारण लोकतान्त्रिक मुल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको र यसमा प्रमुख राजनीतिक दल र शिर्ष नेताहरु नै दोषी रहेको पहाडीको भनाई छ ।

    images
    images
    images


     उद्घाटन सत्रमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा एमालेका डोलराज भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशिल बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल लगायतले  मन्तव्य व्यक्त गरेका थिए।

    images
    images

     सो अवसरमा कवि अर्जुन पराजुली र सुदेश सत्यालले कविता समेत  प्रस्तुत गरीएको थियो । 

    उद्घाटन कार्यक्रम मानव अधिकार तथा शान्ती समाज केन्द्रीय समित सभापति गोबिन्द खनालको अध्यक्षता  मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीको स्वागत र  नवलपरासी जिल्ला सभापति गणेश न्यौपानेको सञ्चालनमा भएको थियो ।

    साथै समाजले भोलि आगामी २ बर्षका लागी नयाँ नेतृत्व समेत चयन गर्ने मानव अधिकार तथा शान्ती समाज नवलपरासीका सचिव शिव प्रसाद पौडेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।