काठमाडौं: पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।
जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक थिए ।
यस्तै पाँच जना भारतीय र चार जना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना नागरिक रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अहिले सम्म ५ जनाको सनाखत भएको जनाएको छ । जसमा निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology