Logo

२०८३, आश्विन ९गते


images
images

गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा (हेर्नुहोस भिडियो)

गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा (हेर्नुहोस भिडियो)

images
  • गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा (हेर्नुहोस भिडियो)
    images
    images

    काठमाडौं । लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । पौडेलले आफ्नो युटुव च्यानल पुरुशोत्तम पौडेल मार्फत माघ १ गते आइतवार (आज) बरु म त रुँदै रुँदै जिउँला बोलको गीत बजारमा ल्याएका  हुन् ।

    images
    images
    images

     उमंग म्यूजिकको अडियो तथा भिडियो रहेको गीतमा गायक पौडेलको र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतमा सप्तऋषी म्यूजिकका सञ्चालक तथा संगीतकार ऋषी खड्काले संगीत भरेका छन् ।

    images
    images
    images

    शिव पौडेलको शब्द रहेको `बरु म त रुँदै रुँदै जिउँला´ बोलको गीतमा कमल सौरागको एरेन्ज रहेको छ ।  मारुनी डिजिटल रेकर्डिङ स्टूडियोमा रेकर्ड भएको गीतको रेकर्डिङ गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेकोे निर्माता टोलीले जनाएको छ । 

    images
    images
    images

    गीतको  अडियो सम्पादन भने  कुमार रानाले गरेको उत्पादक कम्पनी उमंग म्यूजिकले जनाएको छ । यस्तै, भिडियो तर्फ कपिल लामाद्वारा निर्देशित गीत गीतमा पुरुशोत्तम पौडेल,  सृष्टि  वाग्ले र नेत्रप्रसाद काफ्लेको अभिनय देख्न सकिन्छ । 

    करन चैशिरले छयांकन गरेको गीतमा अमृत चापागाईंले भिडियो सम्पादन तथा कलर गरेका छन् । गीतको पाेष्ट प्रोडक्शन भने उमंग फिल्मस् नेपालले गरेको छ ।

    भिडियो:

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लोक दोहोरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।