Logo

२०८३, कार्तिक २८गते


images
images

दश वर्षपछि पूरा हुँदै सुस्ता पुल 

दश वर्षपछि पूरा हुँदै सुस्ता पुल 

images
  • सेतोमसी सहकर्मी
  • दश वर्षपछि पूरा हुँदै सुस्ता पुल 
    images

    नवलपरासी। पश्चिम नवलपरासीको सुस्तालाई नेपालतर्फको भूमिसँग जोड्ने गरी नारायणी नदीमा बन्न लागेको बहुप्रतीक्षित झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    images
    images
    images

    त्रिशूली जेभी आश्रय कन्स्ट्रक्सन कम्पनीले २०७० सालमा ठेक्का लिएर ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि करिब १० वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । 

    images
    images
    images

    नेपाल सरकार पुल विभागका सब–इन्जिनियर गोपाल थापाले नेपालसँग जोडिने गरी नारायणी नदीमा बनाउन लागिएको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको बताए। कहिले भारतले अवरोध गर्ने, कहिले ठेकेदार कम्पनी सम्पर्कविहीन हुने, कोभिड महामारीलगायतका कारण निर्माणमा ढिलाइ भएको थियो । 

    images
    images

    एक हजार ५५८ मिटर लम्बाइको यो पुलका १४ पिल्लरमध्ये १३ वटा निर्माण भइसकेको छ । अन्तिम पिल्लरको पाया बनाउने काम जारी छ । चौडा आकारमा बगेको नारायणी नदीमा पानीको बहाव ठूलो भएकाले पिल्लरका पाया निर्माणको काम अत्यन्त जोखिमपूर्ण थियो । नदीको मध्य भागमा पाया निर्माण गर्दा भारतीय पक्षसँग सहकार्य गरी पुल बन्न लागेको स्थानदेखि तीन किलोमिटर उत्तरमा भारतीय गण्डक नहरका ढोकाहरू बन्द गरी जमिनमुनिको काम गरिएको थियो । 

    गत वर्ष भारतीय पक्षले बिनासूचना बाँधबाट पानी खोलिदिएका कारण पाया निर्माणको काम रोकिएको हो । विभिन्न अवरोधका कारण पुलको निर्माण दुई वर्षसम्म रोकिएको थियो । पछिल्लो एक वर्ष लगातार काम भएकाले पुल निर्माणले तीव्रता पाएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख बुद्ध पौडेलले बताए । 

    कोभिडका कारण केही समय स्थानीय कामदार प्रयोग गरी निर्माण कम्पनीले काम गरे पनि अहिले निर्माणको कामले निरन्तरता पाएको हो । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलका रूपमा निर्माण हुन लागेको सुस्ता झोलुङ्गे पुल देशकै एउटा उदाहरणीय पर्यटकीय पुल बन्ने भएको छ । 

    यो पुल ३० महिनामा सम्पन्न गर्ने गरी पहिलो सम्झौता गरिए पनि कम्पनीले अनेक पटक निर्माणको म्याद थपेको निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक श्याम तामाङले बताए। तीनतर्फ नारायणी नदीले घेरिएको सुस्ताको लाइफ लाइनका रूपमा रहेको झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनको रूप फेरिदिने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुस्ता पुल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।