Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

images
  • देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न
    images

    देवदह । देवदहमा  शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ । देवदह नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाको संयुक्त आयोजनामा तथा अपाङ्ग समाज सेवा केन्द्रको समन्वयमा आयोजित एक दिने नि:शूल्क शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको बताइन। देवदह नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई हेरचाह गर्नेलाई सम्मान पनि गर्दै आईरहेको बताउंदै उनले 'क' र 'ख' बर्गका अपाङ्गताहरुलाई संघीय सरकारले नै भत्ताको व्यवस्था गरेपनि देवदह नगरपालिकाले 'ग' बर्गका अपाङ्गतालाई मासिक ५ सय प्रदान गर्दै आईरहेको उल्लेख गरिन। 

    images
    images
    images

    कार्यक्रममै बोल्दै अपाङ्ग महासंघका केन्द्रिय सदस्य शावित्रा घिमिरेले अपाङ्गता भएकाको अवस्था पहिचान गरेर त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर यो घुम्ती शिविर आयोजना गरेकोमा देवदह नगरपालिकालाई धन्यवाद व्यक्त गरिन । समान्य समस्यालाई सुरु मै ख्याल नगर्दा पछि ठूलो समस्या भोग्नु  पर्ने हुदा समयमै चेकजाच र त्यसबारे जानकार हुन जरुरी रहेको उनको भनाई छ । 

    images
    images

    १८ वर्षसम्मका शारीरिक अपाङता भएका बालबालिकाहरुको स्वाथ्य परीक्षण एवं अपाङता पहिचान लागि स्वाथ्य तथा पुनस्थापना घुम्ती शिविरको आयोजना गरिएको हो। देवदह ७ मा रहेको अपाङ्ग समाज सेवा केन्द्रको परिषरमा शिविर संचालन भएको थियो । शिविरमा देवदह नगरपालिकाका ३६ जना शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई उपचार तथा शाहायक सामाग्रि नाप जाच तथा निशुल्क औषधि तथा स्वास्थ्य उपचार गरिएको र शल्यक्रिया गर्नुपर्ने ५ जना बालबालिका रहेको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका सिनियर सुपरभाइजर शालिकराम तिमिल्सिनाले जनकारी दिए ।

    कार्यक्रम ईन्दिरा भुषालको सञ्चालनमा भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।