Logo

२०८३, आश्विन ९गते


images
images

चितवनको खैरहनीमा महोत्सव सुरु

चितवनको खैरहनीमा महोत्सव सुरु

images
  • चितवनको खैरहनीमा महोत्सव सुरु
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश (चितवन) । चितवनको खैरहनीमा बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सव सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा सुरु भएको महोत्सवको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरे ।

    images
    images
    images

    सो अवसरमा वोल्दै मुख्यमन्त्री जमरकट्टेलले उद्योग व्यवसाय,कृषि क्षेत्रको विकासका लागि लगानीको मोडेल परिवर्तन गर्नु पर्नेमा जोड दिए । हामीले जुनसुकै पेशा,व्यवसाय पुरानै शैलीमा गर्दै आएका छौं,मुख्यमन्त्री जमरकट्टेलले भने – व्यवसायको विकासका लागि उत्पादन वढाउन जरुरी छ,त्यसका लागि तरिका,शैली परिवर्तन गर्नुपर्छ । आगामी वजेटमा युवा रोजगारी र कृषि क्षेत्रमा पर्याप्त वजेट विनियोजन गर्ने मुख्यमन्त्रीको भनाई थियो ।

    images
    images
    images

    बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले पूर्वी चितवन कृषिको प्रचुर संभावना वोकेको क्षेत्र भएकाले वजेट,अनुदानमा विषेश ध्यान दिने वताए । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश साँसद उत्तम जोशी,नेपाल उद्योग बािणज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ,खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँ,नेपाली काग्रेश जिल्ला सभापति राजेश्वर खनाल,नेकपा एमाले जिल्ला प्रतिनिधी जगन्नाथ आचार्य,नेकपा माओवादी जिल्ला संयोजक रामचन्द्र अधिकारी,राप्रपा जिल्ला अध्यक्ष रुद्र ढकाल, उद्योग बाणिज्य संघ भक्तपुर अध्यक्ष राज्यलक्ष्मी शाक्य,उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,थारु कल्याणकारीणी सभा जिल्ला अध्यक्ष ललितकुमार चौधरी,खैरहनी २ का वडाध्यक्ष रोहिणी प्रसाद उप्रेती,उद्योग बाणिज्य संघ खैरहनीका महासचिव कुमार खनाल लगायतले मन्तव्य राखेका थिए ।

    images
    images
    images

    स्वागत मन्तव्य राख्दै उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले महोत्सवमा ३५० वटा स्टलहरु रहनुका साथै महोत्सव अवधिभर करिव ७० करोड बरावरको कारोवार हुने बताए । महोत्सवमा सुचना प्रविधि,हस्तकला प्रर्दशनी,कृषि प्रर्दशनी तथा प्रतियोगिता,क्रेता र विक्रेताबीच अन्तरक्रिया,स्वास्थ्य शिविर,पर्यटन प्रबर्धनका लागि विभिन्न कार्यक्रम हुनेछन् । उद्घाटन अघि खैरहनी माध्यमिक विद्यालयको प्रांगढबाट विभिन्न झाँकी सहितको शोभा यात्रा निकालिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खैरहनीमा महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।