Logo

२०८३, कार्तिक २८गते


images
images

खुट्टा भाँचिएर थला परेकाे गाईको उद्धार

खुट्टा भाँचिएर थला परेकाे गाईको उद्धार

images
  • खुट्टा भाँचिएर थला परेकाे गाईको उद्धार
    images

    बुटवल ।  दृश्य हो बुटवल १३ को, जहाँ एउटा गाईको बिजोक अवस्था देखिन्छ।  गाईकाे दयनीय अवस्था देखेर आइकाेनिक युथ फर एनिमल तथा लायन्स कल्ब अफ बुटवल नमस्ते अध्यक्ष राजन गाैडेलकाे मुटु छियाछिया भएको आयो। गौडेल द्रविभूत हुँदै उपमेयर सावित्रा अर्याल र वडाध्यक्ष नारायणप्रसाद पुनलाई खबर गरे । 

    images
    images
    images

    उता एकराज पाण्डेलाई समन्वय गर्न भनियाे । पाण्डे सक्रिय भए,१० मिनेटमा उपमहानगरपालिकाबाट भ्याकु लिएर कृष्ण कार्की आए । ट्याक्टर लिएर कृष्ण दर्जी आए ।  प्रहरी जवानहरु पनि आईपुगे । गाेर्खा स्काेटिङ्गका जवानहरु सूचना पाउँदा वित्तिकै मिनटभरमै झटपट आईपुगे । 

    images
    images
    images
    325925635_847455612982175_6566947446484317476_n.jpg

    ती जवानहरुलाई टाेल उपाध्यक्ष मन्जु पाैडेलले "तपाईहरुले चाहेकाे उद्देश्य पूरा हाेस् भनेर आशीर्वाद दिइन् ।" 

    images
    images

    स्थानीय युवाहरु आए । सबैले दाहिने हातले गाईलाई छुँदै ढाेगे । ६/७ दिनदेखि खुट्टा भाँचिएर बडाे करुण अवस्थामा सहयाेगापेक्षी भएर थला परेकाे गाईलाई जुरुक्क उचालेर उद्वार गरियाे । भ्याकुले उचालेर ट्याक्टरमा राखियो । सबैले मुस्कुराउँदै ताली बजाए। 

    गाईलाई कामधेनु गौधाम पठाईयो ।

    पूर्व टाेल अध्यक्ष एकराज पाण्डेले भने- " वास्तवमा सामाजिक सम्बन्धका तन्तुहरु टुटेका छैनन् । समाज अरु राम्राे बन्दैछ ।"  याे वाक्य वास्तवमै निकै सकारात्मक थियाे। 

    राजन गाैडेल सडकका घाइते र अप्ठ्यारामा परेका गाई, गाेरु, कुकुर लगायत सबै प्राणीकाे  उपचार र व्यवस्थापनमा समर्पित भएर लाग्दै आएका छन्। धर्तीमा सबै प्राणीकाे रक्षाका लागि दिनरात खटिएका छन् । उनका साथीहरु त्यत्तिकै खटेका छन् ।  गाैडेल भन्छन् -" सृष्टि भएका सबै प्राणीलाई बाँच्ने अधिकार छ । म त्यही अधिकारकाे पैरवी गरिरहेकाे छु ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाईको उद्धार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।