Logo

२०८३, आश्विन ९गते


images
images

वालिङमा प्रभु हेलिकोप्टरका क्याप्टेन माथि हातपात

वालिङमा प्रभु हेलिकोप्टरका क्याप्टेन माथि हातपात

images
  • वालिङमा प्रभु हेलिकोप्टरका क्याप्टेन माथि हातपात
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश वालिङ नगरपालिकामा प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको छ । डंगोलले फुटबल खेल चलिरहेको बेला मैदानमा हेलिकप्टर ल्याण्ड गरे पछि युवाले हातपात गरेका हुन् । उनीहरुको कुटाइबाट क्याप्टेन डंगोलको नाक तथा मुखबाट रगत निस्केको छ । अवतरण गराएपछि आयोजक र हेलिकप्टरमा आएका समुहविच विवाद भएको थियो ।

    images
    images
    images

    अवतरण ईमर्जेन्सी नभई स्वेच्छिक गरिरहेको हो । हेलिकप्टर विना जानकारी खेल चलिरहेको मैदानको विचमा ल्याण्ड गरिएको थियोे । प्रशासनले हेलिकप्टरका पाइलट र उक्त हेलिकप्टरमा रहेका यात्रुलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । वालिङ नगरपालिका–८ मा प्रथम वालिङ गोल्ड कप चलिरहेको छ । वालिङ ९ का विनोद गैरे, खिमबहादुर थापा, शुशिल गिरी, सुशील थापाले प्रभुको हेलिकोप्टर चार्टर्ड गरेर वालिङ ल्याएका थिए । हेलिकोप्टर ल्याड गर्दा मैदानका खेलडीहरु भागेकाले ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ ।

    images
    images
    images

    डंगोलले भने यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको प्रष्टिकरण दिएका छन् । अनुमति बिना खेल मैदानमा झरेको हेलिकोप्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा जानाकारी गराएको प्रजिअ गंगाबहादुर क्षेत्रीले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।