दाङ । नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले निर्वाचनमा गठबन्धन गर्नु गलत भएको बताएका छन् ।
बिहिबार दाङको घोराहीमा भएको नेपाल प्रेस युनियनको प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएका हुन ।
आखिर सत्ता प्राप्तिकै लागि निर्वाचन र विभिन्न मुद्दा उठाइएपनि त्यो दीर्घकालिन हुन नसकेको भन्दै भनाइमा गठबन्धन भएतापनि व्यवहारमा गठबन्धन नभएको उनले बताए ।
संविधानकाे रक्षा गठबन्धनले मात्र गर्न सक्छ भनेर निर्वाचनमा होमिएका नेताहरुले अहिले त्यो कुरा बिर्सेर कुर्सीको लागि लिप्त भएको उनले आरोप लगाए ।
फरक प्रसङ्गमा बोल्दै पुनले प्रेस युनियनले लोकतन्त्र बचाइराख्नको लागि अझै कटिवद्द भएर लाग्न अनुरोध गरे । समाज रुपान्तरणको लागि आफ्नो नैतिकतामा आच नआउने पेशाप्रति मर्यादित बन्न पनि उनले आग्रह गरे ।
प्रदेश अधिवेशनको सङ्घारमा कतिपय उम्मेदवारहरुले आफुले जित्ने वहानामा जथाभावी सदस्यता वितरण नगरि श्रमजिवि पत्रकारहरुको प्रेस युनियन बन्न उनले आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology