रुपन्देही। देवदह नगरपालिका वाड नं. १ मा ‘युवासंग युवा’ उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
समृद्ध समुदाय विकास केन्द्र, रुपन्देही को आयोजना तथा रोटरी क्लब अफ देवदहको समन्वय मा देवदह नगरपालिका वडा न. १,२ र १२ का ४० लक्षित समूहका युवाहरुलाइ उधमशिलताकालागि प्रेरित गर्ने उदेश्यले देवदह भित्रकै सफल युवाबाट सहजीकरण गर्दै सीमान्कृत, पढाई छोडेका, अवसरबाट पछी परेका युवाहरुको क्षमता अभिबृद्धि गर्दै युवासञ्जाल को माध्यम बाट स्थानिय रोजगारीमा युवाहरुलाई पुयार्उने लक्ष्यका कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
देवदह नगरपालिकाका ६ वटा वडामा संचालित युवा लक्षित कार्यक्रम ´पास’ अन्तर्गत युवाहरुलाई उत्प्रेरणात्मक कार्यक्रम संचालन गरिएको पास परियोजना व्यवस्थापन समिति सदस्य मनकला पाण्डेले बताइन् ।
उत्प्रेरणात्मक कार्यक्रमको सहजीकरण रोटरी कल्ब अफ देवदह वर्ष २०२२/२०२३ अध्यक्ष सचिन पंगेनीले गरेका थिए भने कार्यकम को संचालन समृद्ध समुदाय विकास केन्द्रका व्यबस्थापक तथा परियोजना प्रमुख युबराज चापागाईंको रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology