Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहको मायादेवी मन्दिरमा स्वच्छता अभियान सुरु

देवदहको मायादेवी मन्दिरमा स्वच्छता अभियान सुरु

images
  • देवदहको मायादेवी मन्दिरमा स्वच्छता अभियान सुरु
    images

    देवदह । देवदह नगरपालिका वार्ड न. ४, भवानीपुर स्थित गौतम बुद्धको मावली , मायादेवीको मन्दिर परिसरमा पास युवा समुह न.४ को आयोजना र देवदह नगरपालिका वडा न.४ को समन्वयमा पुरातात्त्विक तथा पर्यटनको केन्द्र भवानिपुर मायादेवि परिसर मा स्वच्छता अभियान सुरु गरिएको छ।

    images
    images
    images

    युवाहरुले सामाजिक कार्यमा देखाउने स्वस्फूर्तता नै समाज परिवर्तनको कडी भएको र युवाहरूलाई आवश्यक सहजीकरण मा वडा कार्यालय सदैब तयार रहेको देवदह नगरपालिका वडा न. ४ का अध्यक्ष दमननाथ रेग्मीको भनाइ रहेको थियो।

    images
    images
    images

    भवानीपुर क्षेत्रलाई विश्वसामु परिचित गराउन मुख्यत संरक्षणमा सबैको अहम भुमिका रहने बताउदै पास समूह न. ४ का युवाहरुको प्रशंसा गर्दै मन्दिर समितिको सदैव साथ र सहयोग रहने मन्दिर समितीका अध्यक्ष तथा समाजसेवि लिलाबल्लभ भट्टराईले बताए ।

    images
    images

    परिवर्तनको सुरुवात आफूबाट र आफ्नै ठाउँबाट गर्नुपर्ने हुदा पास समूह न. ४ को पहिलो मिनिप्रोजेक्ट मायादेवी मन्दिरबाट स्वच्छता अभियान सुरु गरिएको र हरेक महिना को पहिलो शनिबार मन्दिर परिसर सरसफाइ निरंतरता हुने समुहको सदस्य बिनिता थापाको भनाई छ ।

    वडा अध्यक्ष दमननाथ रेग्मीबाट अभियानको सुरुवात भएको थियो भने कार्यक्रम को संचालन समृद्ध समुदाय विकास केन्द्रका सहजकर्ता टेकराज न्यौपानेको रहेको थियो।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।