बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । आज कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद,तथा स्थानीय तहका प्रमुख उप प्रमुखहरूदेखि युवा,तथा विद्यार्थी सम्मलाई प्रशिक्षण दिने निर्णय गरेको छ।
पार्टीको सिद्धान्त,अनुशासन,राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनले पार्टीका युवा तथा विद्यार्थीलाई समेत राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिने निर्णय भएको जानकारी दिए ।
बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिहरुलाई सुशासन र उनहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिए । बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहन राज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्पूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने बताएका थिए। बैठकले माघ २० गते सम्म प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गरी प्रदेशलाई जानकारी दिन निर्देशन दिएको छ ।
बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लाको पार्टीको अवस्थाबारे रिर्पोटिङ्ग गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology