कृष्ण अन्जान,रिडीबजार । पवित्र रुरुधाममा लाग्ने माघेसक्रान्ति मेला शुक्रवार सकिएकाे छ । मेला अवधि छ दिनकाे भएपनि शुक्रवार माघे ओैँसि परेपछि एक दिन लम्बिँदै मेला सकिएकाे छ र मेलामा व्यापार गर्न आउने हरु क्रमश फर्किन थालेपछि बगर खाली हुन थालेकाे हाे । पौष मसान्तका दिन देखि रिडीबजार आएका व्यापारी हरुले एक साता राम्रै व्यापार गरे भने बगरका हुन या बजार क्षेत्रका हाेटल व्यवसायी हरुले खान्कि राम्रै बेच्न सफल भएका छन ।
माघे सक्रान्ति मेलालाई व्यापारी हरुले भल छाेप्ने पर्वकाे रुपमा लिन्छन र याे वर्ष तिर्थालुहरुकाे भयानक बाढिलागेपछि मज्जाले भल छाेपेका छन रिडीबजारका हाेटल व्यवसायी र रिडी आएका अन्य व्यापारी हरुले तर याे पटक घरेलु हस्तकलाका सामान नबिके पछि हिमाली जिल्ला सँगै राेल्पा ,रुकुम ,प्युठान ,बाग्लुङ तिरबाट आएका काम्ला सुपा डाला ठेकि नबिके पछि त्याे क्षेत्रका व्यापारी हरुले बिक्रीका लागि ल्याएका माल फर्काएर लान बाध्य भएका छन ।
काम्लाका ठाउँ ब्ल्याँकेटले लियाे बुढापाकाले काम्ला किन्थे तर आजकाल त काम्ला किन्न काेहि आएन डाेल्पाका काम्ला उत्पादक व्यापारी हर्क बुढाले भने ।हुन पनि माघे सक्रान्तिकाे मेलामा काम्ला किन्न जाने हरु काेहि देखिएन तर चाईनेज ब्ल्याँकेट किन्ने हरुकाे ताँति रिडीबजारमा देखियाे भने गाउँ घरमा भैँसिपालन खासै नहुने र माेहि पनि भाँडामा आधुनिक मशिन प्रयाेग गरेर पार्न थालेपछि ठेका ठेकि गबुवाकाे खाेजि भएन ।मेलामा अत्यधिक आकर्षण त थियाे तर व्यापारमा परम्परागत र घरेलु हस्तकला भन्दा बढि आकर्षण चाईनिज मालमा देखियाे । तिनमुखे पुलमा धेरै आकर्षण पवित्र रुरुधाममा आउनेहरु याे पटक पुलतिर है पुलतिर भन्दै उतै लागेकाे देखियाे ।
रुरुव सँगम तिनमुखे पुलको भारकाे क्षमता माथि प्रश्न चिन्ह लागेकाे मात्र हाेईन पुलले यात्रु धान्दैन भन्ने अफवाहलाई चिर्दै सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त बनाईएकाे तिनमुखे पुलमा घुम्ने ,फाेटाे खिच्ने ,सेल्फि खिच्ने र टिकटक बनाउनेकाे ठुलै लर्काे तिनमुखे पुलमा थियाे ।मुख्य रुपले गुल्मी र स्याङ्जा तिरका यात्रु हरुलाई रिषीकेश मन्दिर जान र पाल्पा तिरकालाई स्याङ्जा र गुल्मी तिर आउन जान पुलकाे यात्रा खास्साकाे भएकाे टिप्पणी यात्रुहरुले गरेका छन । तिनमुखे पुलकाे निर्माण सम्पन्न भएपछि याे पुलमा रात्रिकालिन लाईटिँग जडान गरिएपछि मेलामा पुलबाट रात्रिकालिन अवलाेकनमा समेत तिर्थालु हरु व्यस्त देखिन्थे ।
अघिल्ला दुई वर्ष काेभिडका कारण अवरुद्द मेला याे वर्ष अव्स्मरणिय रहेकाे र करिब तिनलाख तिर्थालुले मेला अवलाेकन सँगै कालीगण्डकी नदि स्नान मठमन्दिर दर्शन र पुलकाे अवलाेकन गरेकाे अनुमान गरिएकाे छ भने करिब ५ कराेड बराबरको ब्यापार भएकाे आँकलन गरिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology