Logo

२०८३, आश्विन ९गते


images
images

सर्वशुलभ स्वास्थ सेवा नहुँदा समस्या 

सर्वशुलभ स्वास्थ सेवा नहुँदा समस्या 

images
  • सेतोमसी सहकर्मी
  • सर्वशुलभ स्वास्थ सेवा नहुँदा समस्या 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । गाउँघरमा स्थानीय बासिन्दाहरुले प्राप्त गर्ने सेवा सुविधा सर्वशुलभ हुनुपर्छ तर रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेक क्षेत्रका वासिन्दाहरुले स्वास्थ सेवा प्राप्त गर्न या त पाँच किलोमिटर तल रिडीबजार जानुपर्छ या  त्यतिनै माथि रुरुक्षेत्र ३ काे काेट पुग्नु पर्छ । 

    images
    images
    images

    लामाे समयदेखि च्यूरेक क्षेत्रकाे बिसौना अथवा रुरुक्षेत्र ३ र १ काे दाेसाँध स्यालपाेखरीलाई केन्द्र बनाएर प्राथमिक स्वास्थ इकाईकाे  व्यवस्था गरिनु पर्ने माग स्थानीय वासिले उठाएपनि केही प्रगति भएकाे छैन । नजिकै रुरुक्षेत्र १ काे भटकुवा, रुरुक्षेत्र ३ काे काेट र वखलढुँगामा स्वास्थ सँस्थाहरु छन तर च्यूरेक र स्यालपाेखरी क्षेत्रका बासिन्दा शुलभ स्वास्थ सेवाबाट बन्चित छन । 

    images
    images
    images

    हामीले पटकपटक याे कुरा उठाएका छौँ तर सम्बन्धित निकाए किन मौन छ बुझ्न नसकेको रुरुक्षेत्र १ का वडा सदस्य घनस्याम ज्ञवाली भन्छन । भौतिक सँरचनाकाे कुरा गर्ने हाे भने ठुला पाेखरा, विसौना र स्यालपाेखरीमा सुविधा सम्पन्न सामुदायिक भवनहरु छन अझ स्यालपाेखरीमा त प्राथमिक स्वास्थ इकाई सन्चालन गर्न सकिने गरि सँरचना निर्माण भएकाे छ तर उपयाेग विहिन अवस्थामा छ । 

    images
    images
    images

    वडा अध्यक्ष लगायत स्थानीय निकायले याे सँबेदनालाई यथासिघ्र बुझ्न जरुरी मात्र छैन याे क्षेत्रका जनप्रतिनिधिहरुले सम्बन्धित निकायलाई झकझक्यानु आवस्यक छ । यदि  सम्बन्धित निकायले नसुने झैँ गर्छ भने आफूहरू आफ्नो माग लिएर सम्बन्धित निकायसम्म पुग्ने स्थानियको भनाई छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ सेवा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।