Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव: मेला आयोजक समिति र पत्रकारबीच छलफल सम्पन्न

देवदह महोत्सव: मेला आयोजक समिति र पत्रकारबीच छलफल सम्पन्न

images
  • देवदह महोत्सव: मेला आयोजक समिति र पत्रकारबीच छलफल सम्पन्न
    images
    images

    देवदह । सातौं देवदह व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ को तयारी तीब्र गतिमा अघि बढेको छ । मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारी र सुझाव संकलन गर्ने क्रममा सोमबार देवदहमा क्रियाशील पत्रकारहरूसंग छलफल सम्पन्न गरेको छ ।

    images
    images
    images

    महोत्सवलाई कसरी भव्य र व्यवस्थित बनाउन सकिन्छ र मेलाले लिएका लक्ष हासिल गर्न कसरि अगाडी बढ्ने भन्ने सन्दर्भमा आयोजित छलफलमा मेला मुल आयोजक समितिका संयोजक मेघराज ढकालले उपस्थित पत्रकार समक्ष आफ्नो भनाई राखेका थिए । सो क्रममा देवदहको पर्यटन प्रबर्धन र कृषि एवं व्यवसायिक विकासको लागि मेलाले योगदान पुर्याउने उल्लेख गर्दै संयोजक ढकालले सबैको सहकार्यमा देवदहको गौरवको रुपमा मेला सफल बनाउनुपर्नेमा जोड दिए। 

    images
    images
    images

    326569831_1352064392270150_3564494482909533279_n.jpg

    images
    images
    images

    महोत्सवका प्रेस संयोजन उपसमितिका संयोजक विष्णु पोखरेलको संयोजनमा सम्पन्न छलफलमा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती, देवदह साप्ताहिकका प्रकाशक त्रिलोचन दाहाल, देवदह टेलिभिजनका स्टेशन म्यानेजर सुशील सापकोटा, लुम्बिनी पानाका सामाचार प्रमुख निर्मल थापा, सेतोमसीका देवदह प्रमुख राहुल देव सापकोटा, दर्पण पोस्टका देवदह प्रमुख मीन राना, सिम्रिक आवाजका देवदह प्रमुख सुरज भट्टराई लगायतको उपस्थिति रहेको थियो । 

    छलफलमा उपस्थित पत्रकारहरूले मेलालाई मिडियामैत्री बनाउनुपर्ने, देवदहको पर्यटन प्रबर्धनमा ध्यान केन्द्रित गरेर सोही अनुसार तयारी गर्नुपर्ने र यसअघिका मेलाबाट शिक्षा लिंदै सुरक्षा व्यवस्थामा ख्याल गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । 

    पत्रकारसंगको छलफलपछि प्रेस संयोजन उपसमितिलाई विस्तार गर्दै विष्णु पोखरेलको संयोजकत्वमा २ सल्लाहकार सहित १५ सदस्यीय प्रेस संयोजन उपसमिति गठन गरिएको छ। जसको सहसंयोजकमा निर्मल थापा रहेका छन् भने सदस्यमा सुशील सापकोटा, मिन राना, राहुल देव सापकोटा, केशव पराजुली, सुरज भट्टराई, रेशम अधिकारी, संजय गुरुङ, धुर्ब लामिछाने, कृष्ण पौडेल, प्रेम थापा र नविन राना रहेका छन भने सल्लाहकारमा पत्रकारद्वय त्रिलोचन दाहाल र गोबिन्द घर्ती रहेको प्रेस संयोजक विष्णु पोखरेलले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।