Logo

२०८३, कार्तिक २८गते


images
images

नेशनल माइक्रोफाइनान्स नेप्सेको कारबाहीमा, सेयर कारोबार रोक्का

नेशनल माइक्रोफाइनान्स नेप्सेको कारबाहीमा, सेयर कारोबार रोक्का

images
  • नेशनल माइक्रोफाइनान्स नेप्सेको कारबाहीमा, सेयर कारोबार रोक्का
    images

    काठमाडौं । धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त नेप्सेको कारबाहीमा परेको छ । सेयर मूल्यमा प्रभाव पार्नेगरी कम्पनीले गतिविधि गरेको भन्दै नेप्सेले माइक्रोफाइनान्समाथि कारबाही गरेको हो ।  

    images
    images
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । माइक्रोफाइनान्सले सोमबार संचालक समितिको बैठक राखी प्रस्ताव गरेको गत आर्थिक वर्षको लाभांशको व्यहोरापत्र सोही दिन नै नेप्सेमा पठाएको थियो । तथापि, कारोबार समयमा नै पत्र पठाइएपछि नेप्सेले कम्पनीमाथि कारबाही गरेको हो । 

    images
    images
    images

    नेप्सेमा सूचीकृत संगठित संस्थाले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम २२(१) मा भएको व्यवस्था अनुसार मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । तर, माइक्रोफाइनान्सले कारोबार चलिरहेकै समयमा पत्र पठाएकाले विनियमावली अनुसार कारबाही गरिएको नेप्सेले जनाएको छ । 

    images
    images

    पत्र प्राप्त भएको तीन दिनभित्र के कारणले समयमा नै जानकारी उपलब्ध गराउन नसकिएको हो, सो समेत खुलाउन नेप्सेले कम्पनीसँग स्पष्टीकरण सोधेको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।