गुल्मी । गुल्मीको चन्द्रकाेट गाउँपालिका वडा नम्बर ७ रुपाकाेटकि पक्षघात पिडित दुर्पता घर्तिलाइ रूपाकोट सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ ।
लामो समयदेखि पक्षघातका कारण अस्पतालमा उपचाररत घर्तीकाे उपचारका लागि आर्थिक अभाव भएका कारण राेजगारिका लागि जापानमा रहेका रूपाकोट एवं गुल्मी बासीले रूपाकोट वडा नं. ७ का वडा अध्यक्ष अन्नतराम भण्डारीको नेतृत्वमा एक लाख बाइस हजार तीन सय रुपैयाँ आर्थिक सहयोग हस्तन्तरण गरेको रुपाकाेट सेवा समाज जापानका अध्यक्ष मुकुन्द भण्डारीले बताए ।
रूपाकोटमा रहेका नागरिकलाई पर्ने विभिन्न समस्यामा रुपकाेट सेवा जापान समाज सधैं सहयोग गर्न तयार रहेको रुपकाेट सेवा समाज जापनका वरिष्ठ उपाध्यक्ष कुल बहादुर पोख्रेलले बताएका छन ।
रकम हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष चिरन भण्डारीले लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology