देवदह । रोटरी क्लव अफ देवदहले विद्यार्थीहरुका लागी न्यानो कपडा वितरण गरेको छ । क्लवले बसन्त पन्चमी एवं सरस्वती पुजाको अवसर पारेर देवदहको शान्तिप्रिय आधारभुत विद्यालयमा कपडा वितरण गरेको हो ।
रोटरी क्लव अफ देवदहका अध्यक्ष सचिन पंगेनीको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा क्लवले सोही विद्यायमा पढ्ने बालबालीकाहरुका लागी कपडा वितरण गरिएको बताए । उनले क्लवले हरेक बर्ष बसन्ती पन्चमीको अवसर पारेर विभिन्न विद्यालयमा सहयोग प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले समाजमा स्थापीत भएका रोटरी क्लव जस्ता सामाजीक संघ सस्थाले समाजमा रहेर गरेका विभिन्न सामाजीक कार्यहरुको प्रंशसा गर्र्दै आागामी दिनमा पनि यस्तै कार्यक्रमहरुलाई थप निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा विद्यालयका प्राधानाध्यापक शेषनारायण रेग्मीले सहयोग कार्यक्रममा शान्तिप्रिय आधारभुत विद्यालयलाई छनोट गर्दै कार्यक्रम गरेको भन्दै धन्यवाद दिएका थिए ।
कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष कृष्ण सापकोटा, सचिव डोलराज न्यौपाने अर्जुन लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology