Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरामा कृष्णबहादुरद्वारा आत्मदाह प्रयास, आगो निभाउन गएकी संगीता गम्भीर घाइते

पोखरामा कृष्णबहादुरद्वारा आत्मदाह प्रयास, आगो निभाउन गएकी संगीता गम्भीर घाइते

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा कृष्णबहादुरद्वारा आत्मदाह प्रयास, आगो निभाउन गएकी संगीता गम्भीर घाइते
    images

    राजेश  पराजुली, पोखरा । पोखरामा आगोले जलेर दुई जना घाईते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. १३ की संगीता सापकोटा र संगीताको घरको डेरामा बस्दै आएका ४३ वर्षका कृष्णबहादुर क्षेत्री रहेका छन् ।
    उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरु दुवैको अवस्था गम्भीर रहेको छ । 
    छिमेकीका अनुसार कृष्णबहादुरले वाथरुममा पसेर आफ्नै शरीरमा आफैले पेट्रोल खन्याएर आगो लगाएका थिए । 
    सो आगो निभाउनेक्रममा संगीता पनि जल्न पुगेको एक छिमेकीले बताए । उनीहरुलाई छिमेकीले नै तत्कालै उद्धार गरि अस्पताल पुर्याएका थिए । 
    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार कृष्णबहादुरको शरीर २५ प्रतिशत र संगीताको शरीर ७५ प्रतिशत जलको छ ।
    कृष्णबहादुरले आफूले नै आगो लगाएको बताएको अस्पताल श्रोत बताउछ । 
    कृष्णबहादुरले आत्मदाह प्रयास गरेको हो वा होइन भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आत्मदाह प्रयास
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।