बुटवल । रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा आज एक कार्यक्रम विच बुटवल ६ स्थित निलकण्ठ बाबा धाम तथा सन्तोषी मातामा रहेका ७५ जना बाल वटुकलाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको छ । धामका अध्यक्ष देवमाया भट्टराई को अध्यक्षता ,उपाध्यक्ष चुडामणि पौडेलको संञ्चालन र सदस्य लक्ष्मी भट्टराईको सच्चालनमा भएको सो कार्यक्रमको प्रमुख अतिथि वार्ड सदस्य विर बहादुर लामा थिए ।
कार्यक्रमा रुपन्देहि सामाजिक संजालका अध्यक्ष मुक्तिराम पोखरेलले कार्यक्रमले ति बटुक वालवालिकाको लागि उत्प्रेरणा जागृति भई शैक्षिक विकास आयाम थपिने धारणा व्यक्त गरे । प्रमुख अतिथि लामाले विदेश मा बसेर पनि आफ्नो खाँजा खर्च कटाएर असाहाय ,अपाङ्ग अशक्त सिमान्तकृत वालवालिका एवं वटुक वालवालिका गरेको परोपकारी एवं सामाजिक कार्यको प्रशंशा गर्दै निरन्तर सहयोगको समेत अपेक्षा गरे|
उक्त कार्यक्रममा आचार्य गुरु माधब प्रसाद भट्टराई , मुल पुजारी चेतनाथ भट्टराई ,बुद्ध टेलिभिजनका समाचार प्रमुख खेमराज रेग्मी , धामका सहसचिव नारायण प्रसाद भन्डारी समाजसेवि गोविन्द प्रसाद पोखरेल संस्थापक सदस्य द्रोपता शर्मा लगायतकाले सञ्जालले गरेको सहयोगको प्रशंशा गरेका थिए अष्ट्रेलिया रहेका नेपालीहरुको साझा संस्था रुपन्देहि सामाजिक सञ्जालले यसअघि असहाय अपांग तथा गरिव तथा विपन्नलाई सहयोग गर्दै आइरहेको छ कोरोना महामारी , विनासकारी भुकम्प पीडितलाइ सहयोग, अपांग आश्रममा शैचालय निर्माण, मैनादेवी आश्रममा आर्थिक सहयोग ,अस्पताल एवं स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्रि प्रदान ,खाने पनि टंकि निर्माण , ट्राफिक सचेतना कार्यक्रम लगायतका राहत तथा परोपकारी कार्य गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology