दाङ । लुम्बिनी प्रदेशमा ३ वटा मन्त्रालय कटौती गरिने भएको छ । यसअघिको १३ मन्त्री र ४ राज्यमन्त्री गरी १७ जना मन्त्री रहेकोमा अब १० वटा मन्त्रालय बनाइने र कुनैपनि मन्त्रालयमा राज्यमन्त्री नराखिने भएको हो।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित १० जना मात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को आकार बढाउँदा प्रदेश सरकारलाई आर्थिक भार थपिने भएकाले मन्त्री परिषद् घटाउने तयारी भएको उनले बताए ।
यस्तो छ अब रहने मन्त्रालयको सूची:
– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
– आर्थिक मामिला मन्त्रालय
– आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय
– भौतिक पूर्वाधार विकास मन्त्रालय
– जलस्रोत व्यवस्था, ग्रामीण तथा शहरी विकास मन्त्रालय
– स्वास्थ्य मन्त्रालय
– सामाजिक विकास मन्त्रालय
– यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय
– वन तथा वातावरण मन्त्रालय
– कृषि तथा सहकारी मन्त्रालय
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology