Logo

२०८३, आश्विन ११गते


images
images

राज्यमन्त्री दिए पनि कांग्रेस सरकारमा आउँछ : ओली

राज्यमन्त्री दिए पनि कांग्रेस सरकारमा आउँछ : ओली

images
  • राज्यमन्त्री दिए पनि कांग्रेस सरकारमा आउँछ : ओली
    images
    images

    मोरङ । सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाएका छन् । उनले प्रतिपक्षमा बस्छु भनेर संसद सचिवालयमा निवेदन समेत दिएको कांग्रेसले राष्ट्रपतिका लागि जोड गरेको सन्दर्भलाई लक्षित गर्दै राज्य मन्त्री दिँदा पनि कांग्रेस सरकारमा आउन तम्तयार रहको आरोप लगाए ।

    images
    images
    images

    त्यस्तै, सत्ता साझेदार दलबीच भएको पूर्व सहमति अनुसार सत्ता पक्षको नेकपा एमालेबाटै राष्ट्रपति हुने पनि उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिहीबार यस्तो बताएका हुन् ।

    images
    images
    images

    सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नै पाउने बताएका छन् । विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    पूर्वसहमति अनुसार गृहमन्त्री रास्वपालाई नदिए स्वाभाविक रुपमा विवाद हुने भन्दै उनले अहिले त्यस्तो अवस्था नरहेको र गठबन्धनमा कुनै समस्या नआउने उनले बताए ।

    ‘रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो,’ उनले भने, ‘रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।