रमेश सिंह, बझाङ। बझाङको बिथ्थडचिर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार (बिथ्थडचिर गाउँपालिकाको आयोजनामा सुनकुडा माविको खेलमैदानमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल भाला, सडफुट, लम्जम्प र दौडका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले बझाङ जिल्लाको खेलकुद विकासको लागि आफ्नो तर्फबाट हुने सहयोगको लागि सदैव तयार रहेको बताए ।
गाउँपालिका अध्यक्ष अमरसिंह महरले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने उनको भनाइ थियो । बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै उनले भने, ‘खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुन्छन।
वित्थडचिर गाउँपालिकाका अध्यक्ष अमरसिंह महरको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितका प्रमुख नरबहादुर बोहरा, विशिष्ट अथिति गाउँँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल रहेका थिए ।कार्यक्रममा पालिकाभित्रका ६ वटा विद्यालय सहभागि भएका छन् । भलिबलमा आज भएको पहिलो खेलमा सुनकुडा माध्यामिक विद्यालय र भगवती माध्यामिक विद्यालयविच खेल भएको छ । उक्त खेलमा सुनकुडा माध्यामिक विध्यालयले पहिलो खेल हात पारेको छ ।
प्रतियोगितामा विजयी हुनेले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्र पाउने छन् ।
कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology