देवदह । देवदह नगरपालिकाले मेलमिलापकर्तासंग एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ। नगरपालिकाको न्यायिक समितिको आयोजनामा शनिबार देवदहको गौतम बुद्ध राष्ट्रिय उद्यानमा अन्तरक्रिया सम्पन्न भएको हो।
अन्तरक्रियामा बोल्दै देवदह नगर प्रमुख धुर्ब प्रसाद खरेलले देवदह नगरपालिकाले न्याय निरुपणमा प्रगति गरेको गरेको बताए । न्याय निरुपण सहज काम नभएको र असहज काम पनि सहजै गरेर न्याय सम्पादनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रमुख खरेलले मेलमिलापकर्ता र न्यायिक समितिको प्रशंसा गरे। मुद्धाको फैसलासंगै फैसला भएका मुद्धाहरू कर्यान्वयन भए नभएको विषयमा समेत नगरपालिकाले ध्यान दिने उनको भनाई थियो।
नगर उपप्रमुख तथा न्याय समिति संयोजक विद्यालक्ष्मी गुरुङले मेलमिलापकर्ता विना न्याय निरूपण सम्भव नहुने उल्लेख गर्दै न्याय सम्पादनमा आग्रह/पुर्वाग्रह नराखी सबैलाई समान ढंगले हेर्न मेलमिलापकर्तालाई अनुरोध गरिन। देवदह नगरपालिकाले न्याय सम्पादनमा शतप्रतिशत अंक प्राप्त गरेको उल्लेख गर्दै उनले नगरपालिकाको न्याय सम्पादनबारे बुझ्न आउने जिल्ला न्यायाधीशले समेत देवदह नगरपालिकाको प्रशंसा गर्ने गरेको बताईन।
कार्यक्रममा देवदह नगरपालिकाका उप-सचिव टिकाराम शर्मा, विभिन्न वडाका वडाअध्यक्ष, नगरपालिकाका कानुनी सल्लाहकार डासीराम पाण्डे लगायत विभिन्न शाखाका प्रमुख र अन्य कर्मचारीको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन न्यायिक समिति सचिवालय कर्मचारी मिना भुसालले गरेकी थिईन।
कार्यक्रममा अन्तरक्रियासंगै मेलमिलापकर्तालाई झोला समेत वितरण गरिएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology