Logo

२०८३, आश्विन ९गते


images
images

देवदह नगरपालिका स्वास्थ्य शाखाद्वारा 'विश्व क्यान्सर दिवस' विशेष कार्यक्रम सम्पन्न 

देवदह नगरपालिका स्वास्थ्य शाखाद्वारा 'विश्व क्यान्सर दिवस' विशेष कार्यक्रम सम्पन्न 

images
  • देवदह नगरपालिका स्वास्थ्य शाखाद्वारा 'विश्व क्यान्सर दिवस' विशेष कार्यक्रम सम्पन्न 
    images
    images

    देवदह । 'विश्व क्यान्सर दिवस' को अवसरमा देवदह नगरपालिका स्वास्थ्य शाखाले क्यान्सर दिवस विशेष कार्यक्रम सम्पन्न गरेको  छ । हरेक बर्ष ४ फ्रेबुअरीमा पर्ने क्यान्सर दिवस यस बर्ष "क्लोजिङ्ग द ग्याप ईन क्यान्सर केयर " अर्थात क्यान्सर उपचारको पहुँचको दुरीलाई बन्द गरौं" भन्ने मुल नाराका साथ मनाईएको छ । 

    images
    images
    images

    देवदह नगरपालिका स्वास्थ्य शाखाले  देवदह नगरपालिका वडा-१२ ढोलवजहा, वडा कार्यालयको सभाहलमा जनचेतना कार्यक्रम आयोजना गर्यो। जसमा   नगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक गिरी त्रामु ज्यूले क्यान्सर रोगको के हो? कसरी रोग लाग्छ ? यस रोगको लक्षण र चिन्ह, रोगबाट बच्ने उपाय, रोग निदान लागि के के गर्नु पर्छ? क्यान्सर रोग भएमा कहाँ कसरी उपचार गर्न सकिन्छ? नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारले क्यान्सर रोगीहरुको लागि दिईने सेवा सुविधाको विषयमा स्वास्थ्य शिक्षा तथा जनचेतना प्रदान गरेका थिए ।

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डेग बहादुर सारु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह वडा १२ का जनप्रतिनिधि, महिला सामुदायिक स्वयम् सेविका, बालक्लवका प्रतिनिधि, स्वास्थ्य आमा समूह सदस्य, स्थानिय बासी, सिक्टहन माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधि, शिक्षक लगायत युवा वर्गहरुको उपस्थिति रहेको थियो। 

    images
    images
    images

    कार्यक्रमा सिक्टहन स्वास्थ्य चौकीका स्वास्थ्य संस्था प्रमुख रेशम बहादुर सुनारको स्वागत मन्त्ब्य र देवदह नगर अस्पताल ईमरजेन्सी विभागमा कार्यरत जनस्वास्थ्य निरीक्षक राम प्रसाद पन्थीको संचालनमा रहेको थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।