Logo

२०८३, आश्विन ९गते


images
images

निषेधाज्ञामा अनिन्द्राका ५ कारण

निषेधाज्ञामा अनिन्द्राका ५ कारण

images
  • सेतोमसी सहकर्मी
  • निषेधाज्ञामा अनिन्द्राका ५ कारण
    images
    images

    बौद्ध काठमाडौंका ३० बर्षिय पवन लामा ( नाम परिबर्तन )लाई निषेधाज्ञा शुरुभए यता निदाउन गार्‍हो हुने , निदाए पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने समस्याले सताएको १५ दिन भयो । उनको जस्तै समस्याको सिकायत लिएर हिजो आज  धैरे ब्यक्तिहरुले मनोपरामर्शका लागि सम्पर्क गर्न थालेका छन । 

    images
    images
    images

    निषेधाज्ञाको समयमा धेरैमा अनिन्द्राको समस्याले सताउन थालेकोछ  ।

    images
    images
    images

    कोरोना संक्रमणको विपत्ति र  निषेधाज्ञाले गर्दा ब्यक्तिको जिवनशैलीमा परिबर्तन आएकोछ । मानिसहरुको दैनिक क्रियाकलाप, खानपान, यौन जिवन, निन्द्रा जस्ता कुरामा पनि उतारचढाव ल्याएकोछ।  जीवनकालागि खानापान जति आवश्यक हुन्छ, उत्तिनै निन्द्राको पनि आबस्यकता पर्दछ।

    images
    images
    images

    निन्द्रा  मानिसलाई नभई नहुने अति आवश्यकता कुरा मध्येको एक हो ।
    शारिरिक तथा मानसिक रुपमा स्बास्थ्य रहन  प्रयाप्त निन्दाको जरुरत पर्दछ।
    निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको नवीकरण हुन्छ। यसबाट हाम्रो शरीर र मस्तिष्कलाई विश्राम मिल्छ।
    हामी निदाउँदा हाम्रो शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ त्यसैले बिहान उठेपछि हामीलाई हल्का र फुर्तिलो भएको अनुभव हुन्छ ।

    अनिन्द्राको समस्याले अल्जाइमर्स - डिमेन्सिया, मुटु र धमनीसम्बन्धी रोगहरू, उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना समेत बढेर जान्छ । मधुमेह,पेटको समस्या ,मोटोपनको जोखिम बढछ । अनिन्द्राको समस्याले स्नायु प्रणालीलाई कमजोर बनाउनुका साथै डिप्रेशन, एन्जाईटी तथा अन्य  मानसिक समस्या निम्त्याउन सक्छ।

    शरीरलाई  ताजा, फूर्तिलो, तन्दुरुस्त राख्न र मनलाई चङगा बनाउन र मनलाई शान्त राख्न निन्द्रा अति अपरिहार्य हुन्छ । प्रयाप्त निन्द्रा नपुग्दा  टाउको दुख्ने, थाकेको महसुस हुने ,खाना खान मन नलाग्ने, तनाब हुने , काम गर्न जोश जागर नहुने , झर्को लाग्ने , चिटचिटाहट हुने, स्मरणशक्ति कम आउने , रिस उठने , छट्पटी हुने जस्ता समस्या देखिन सक्छन्  । जसले हाम्रो दैनिकमा नै प्रभाव पर्छ ।अनिद्राले जीवनको गुणस्तर घटाउछ । निन्द्रा पर्याप्त नहुदा हाम्रो  रोग प्रतिरोधात्मक क्षमता समेत घटेर जान्छ । कोरोना जस्ता भाईरससँग लड्न रोग प्रतिरोधात्मक क्षमता राम्रो हुनु पर्छ ।

    अनिन्द्राको समस्याले अल्जाइमर्स - डिमेन्सिया, मुटु र धमनीसम्बन्धी रोगहरू, उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना समेत बढेर जान्छ । मधुमेह,पेटको समस्या ,मोटोपनको जोखिम बढछ । अनिन्द्राको समस्याले स्नायु प्रणालीलाई कमजोर बनाउनुका साथै डिप्रेशन, एन्जाईटी तथा अन्य  मानसिक समस्या निम्त्याउन सक्छ।

    एक दिनको अनिदोले सात दिन पिरोल्छ भन्ने  गरिन्छ।

    एउटा ब्यक्तिले दैनिक औसत  ७ देखि ८ घण्टा मस्त निदाउनुपर्छ ।  तर कहिले काहीँ एक दुई  रात निन्द्रा लागेन भने त्यसलाई सामान्य रुपमा लिनुपर्छ। यस्तो प्राय धेरैलाई हुन्छ । हप्तौं वा महिनौं देखि अनिन्द्राको समस्याले सताएको छ भने यसको समधान खोज्नुपर्छ।

    अनिन्द्राको समस्या आफैमा एउटा  रोग पनि हुनसक्छ वा अनिन्द्रा शारीरिक तथा मानसिक रोगको एउटा  लक्षण पनि हुनसक्छ । अनिन्द्राको कारण पत्ता लगाई सोहि अनुसारको समाधान खोज्नुपर्छ । निन्द्रा लागेन भनेर आफुखुशी अौषधि खानु भने हुदैन ।

    निषेधाज्ञामा अनिन्द्राको समस्या देखिनुको कारण  के के हुन सक्छन् ?

    एक्कासि आईपरेको समस्या 

    प्राकृतिक बिपति , कोरोना जस्ता रोग व्याधिको संक्रमण जस्ता कुरा मान्छेको बहसमा हुदैन। यसको बारेमा पुर्व अनुमान गर्न पनि गार्‍हो हुन्छ  । एकै चोटि  समस्या आउने भएकाले त्यसको सामना गर्न हामी  मानसिक रुपमा  तयार भएका पनि हुदैनौं ।  कोरोना भाईसरले बिश्व भरि नै महामारीको रुप लिदा मानिसमा तनाब, डर , चिन्ता,  उत्तेजना,  अावेग बढेर जानु स्बभाविकै हो । जसका कारण छोटो समयको लागि अनिन्द्राको समस्या देखिन सक्छ ।  प्रकोप कम हुँदै जादा अनिन्द्राको समस्या पनि कम हुँदै जान्छ। तर आफ्नो स्व हेरचाहमा भने ध्यान पुर्याउनु आबस्यक हुन्छ।

    जिवन शैलीमा आएको परिवर्तन

    निषेधाज्ञाले गर्दा हाम्रो  जीवनशैली र क्रियाकलापमा परिवर्तन आएकोछ । शारीरिक रुपमा हामी निष्क्रिय जस्तै भएकाछौ । गहिरो निन्द्रको लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ । त्यसैले निषेधाज्ञाको समयमा अनिन्द्राको समस्या नआओस भन्नका लागि शारीरिक क्रियाकलापलाई बढाउनुपर्छ। घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता गतिविधि जारी राख्नुपर्छ । सुत्नुअघि हल्का व्यायाम गर्नु राम्रोहुन्छ । शारीरिक ब्यायम  र तनावको ब्यबस्थापन नै गहिरो निन्द्राको अचुक उपाय हो ।

    खानपानमा आएको परिवर्तन

    खानपान र निन्द्राको गहिरो सम्बन्ध हुन्छ ।
    गलत खानपानले  निन्द्रामा असर पुर्याउन सक्छ । बिपत्तिको समयमा   खानपानमा पनि परिबर्तन  आउन सक्छ। खानेकुराको अभाव हुदा स्बस्थ र पोषिलो खानेकुरा जुटाउन गार्‍हो पनि पर्न सक्छ ।
    खानामा पौष्टिक तत्वको कमि तथा अत्याधिक मात्रामा जंक फुडहरु खानाले अनिन्द्राको समस्या देखिन्छ । कार्बोहाइड्रेट युक्त खाना बढी खानाले, चिनी, मैदा, सोडा, कुकिज, सेतो चामल र रोटी जस्ता खानाले अनिन्द्राको समस्यालाई बढाउछ । धेरै चिया, कफी, सफ्ट ड्रिंक , अत्याधिक अमिलो , पिरो, मसलायुक्त खाना, धेरै चिल्लो खानेकुरा, चुरोट, रक्सी तथा  लागु अौषधिको सेवनले अनिन्द्राको समस्या ल्याउछ । त्यसैले अहिलेको समयमा अनिन्द्राको समस्याबाट मुक्त हुन  खानेकुरामा बिशेष ख्याल गर्नु पर्छ।
    प्याकेटमा उपलब्ध हुने चाउचाउ, दालमोठ जस्ता खानेकुरा सकेसम्म खानु हुदैन । फास्टफुडलाई त निन्द्राको शत्रु नै मानिन्छ ।

    सुत्ने र उठने समय फरक पर्नु

    निषेधाजको समयमा धेरैको सुत्ने र उठने समयमा पनि परिवर्तन आएको  हुनसक्छ।  स्कुल , अफिस जानू नपर्ने भए पछि बेलुका अबेला सम्म टेलिभिजन हेरेर बस्ने , नेट , ल्यापटप, मोबाइल चलाएर वा गेम खेलेर बस्ने र   बिहान अबेला सम्म सुत्ने गर्दा निन्द्रा खलबलिन सक्छ  । कहिले ढिलो सुत्ने, कहिले छिट्टै सुत्ने, कुनै दिन दिउँसो सुत्ने , कुनै दिन बेलुका सुत्ने गर्नुहुँदैन । जसले अनिन्द्राको समस्या बढने जोखिम हुन्छ ।  सुत्ने समय निश्चित गर्नुपर्छ ।

    मानसिक रोग

    धेरैजसो अबस्थामा मानसिक रोगका कारणले पनि निन्द्रा विथोलिने गर्छ ।
    मनोसामाजिक समस्या वा  मानसिक रोगमा  अनिन्द्राको  समस्या  रोगको एउटा लक्षणको रुपमा देखिन सक्छ। पछिल्लो समय कोरोनाको संकटले गर्दा मानिसमा मानसिक तथा मनोसामाजिक समस्या बढेर गएको पाईन्छ  ।

    बिशेष गरि मानसिक आघात, डर - चिन्ता जन्य समस्याहरु तथा डिप्रेसन जस्ता मानसिक समस्याहरु  बढिर गएका छन  । तनाब, डर - चिन्ता , डिप्रेसन तथा अन्य मानसिक समस्यामा  मनमा धेरै कुरा खेल्ने, डर लाग्ने, छट्पटी हुने जस्ता लक्षणहरु देखिन्छन् । जसले निन्द्रामा अबरोध पुर्याउछ। यस्तो अबस्थामा मनलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुपर्छ । गहिरो सास लिने र छाड्ने तथा अन्य आरामदायी अभ्यास गर्नु फाईदा जनक हुन्छ । तनावलाइ ब्यबस्थापन गर्न जोड  दिनुपर्छ । मानसिक रोग वा मनोबैज्ञानिक  कारणले अनिन्द्राको समस्या देखिएको हो भने मनोबिद , मनोपरामर्शदाता बा मनोचिकित्सकलाई भेटेर मानसिक रोगको उपचार गर्नुपर्छ । मानसिक रोगको उपचारसँगै अनिन्द्राको समस्या पनि कम भएर जान्छ ।

    यी र यस्ता अन्य कारणहरुले गर्दा निषेधाज्ञाको समयमा यहाँहरुमा पनि  अनिन्द्राको समस्या वा अन्य मानसिक समस्याहरु छन भने फोन मार्फत निशुल्क मनोपरामर्श सेवा लिन सक्नु हुनेछ  । जसको लागि  मार्क नेपाल मनोसेवा केन्द्रको हटलाईन न : ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

    ( लेखक ढकाल मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनाेज ढकाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।