काठमाडौं । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी पङ्क्तिले जिम्मेवारी दिए राष्ट्रपतिमा जित्ने गरि लड्न तयार भएको बताएका छन्। शुक्रबार बिहान सोल्टीमोड स्थित आफ्नै निवासमा काँग्रेस नेताहरुसँगको छलफलपछि अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन्।
छलफलमा सहभागी नेताहरुले राष्ट्रपतिमा स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकोले काँग्रेसका पुराना नेता शर्मालाई अघि बढ्न आग्रह गरेका थिए। उक्त आग्रह पछि शर्माले त्यस कुरालाई आफूले गम्भिरता साथ लिएको बताएको छलफलमा सहभागी एक नेताले जानकारी दिए। शर्माको भनाई उधृत गर्दै उनले भने, 'साथीहरुले आग्रह गरिरहनु भएको छ।
म सत्तामा कहिल्यै नभए पनि आम कार्यकर्ताको विश्वास म मा अझैँ छ। पार्टी पङ्क्तिले पनि शुक्रराज दाइ अघि बढ्नुस् भने नाइ भन्ने कुरा हुँदैन। ५४ वर्षको राजनितिक इतिहासको सुखद अन्त्य हुन्छ। सबैको सहयोग भए म उभिन्छु।
काँग्रेसलाई जिताउन हिड्छु।' संसदीय निर्वाचनमा जहिल्यै जीत विहिन भएका शुक्रराज काँग्रेसको अघिल्लो पुस्तामा सत्ता यात्रा नगरेका एक मात्र नेताका रुपमा चिनिन्छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology