Logo

२०८३, श्रावण ३०गते


images
images

गृहमन्त्री नपाएपछि रास्वपाका मन्त्रीहरूले छाडे सरकार

गृहमन्त्री नपाएपछि रास्वपाका मन्त्रीहरूले छाडे सरकार

images
  • गृहमन्त्री नपाएपछि रास्वपाका मन्त्रीहरूले छाडे सरकार
    images
    images

    काठमाडौं । गृह मन्त्रालय नपाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री १९ दिनमै सरकारबाट बाहिरएका छन्।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका तीनै जनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। उनीहरूले आइतबार बालुवाटार पुगेर राजीनामा बुझाएका हुन।

    images
    images
    images

    प्रधानमन्त्री दाहालसँगै गत पुस ११ गते सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसमा एक थिए, रास्वपाका सभापति रवि लामिछाने। उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा सरकारमा सहभागी भएका थिए।

    images
    images
    images

    त्यसपछि प्रधानमन्त्री दाहालले माघ ३ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए। चार उपप्रधानमन्त्री तथा तीन राज्यमन्त्री सहित २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट तीन जना थपिएका थिए।

    जसमा शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि र डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए। त्यस्तै, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भएकी थिइन्।

    अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको ठहर भएपछि माघ ११ मा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो। त्यससँगै लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए। उनको पार्टी सभापति पद पनि गएको थियो। त्यसपछि रास्वपाका तर्फबाट खनाल, अर्याल र कार्की सरकारमा सहभागी थिए।

    सर्वोच्चको फैसला आएको चार दिनपछि माघ १५ मा लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। उनलाई पुरानै नागरिकताको आधारमा नयाँ नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो।

    त्यहि दिन बसेको रास्वपाको केन्द्रीय समिति बैठकले लामिछानेलाई सभापति चयन गरेको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेले गृहमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए।

    सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृहमन्त्री नियुक्त गर्नुपर्नेमा जोड दिएका थिए। तर, प्रधानमन्त्री दाहालले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउँदासम्म कुनै निर्णय नगर्ने जवाफ दिएका थिए।

    त्यसपछि सभापति लामिछानेले आफ्नो पार्टीको भागमा गृह मन्त्रालयले परेकाले पाउनुपर्ने माग गरेका थिए। त्यसमा पनि एमाले अध्यक्ष ओलीले समर्थन जनाएका थिए। तर, प्रधानमन्त्री दाहालले भने गृह मन्त्रालय दिन नसकिने र अर्को मन्त्रालय लिन आग्रह गरेका थिए। सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नियुक्त नगर्ने दाहालको भनाइ थियो।

    आइतबार बिहान प्रधानमन्त्री दाहालसँग भएको भेटमा पनि रास्वपा सभापति लामिछानेले आफ्नो पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने बताएका थिए। प्रधानमन्त्री दाहालले भने गृह मन्त्रालय दिन नसकिने र अन्य मन्त्रालय दिन सकिने जवाफ दिएका थिए।

    प्रधानमन्त्री दाहाललाई भेटेर फर्किका लामिछानेले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारबाट बाहिरिने निर्णय गरेका हुन्। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेलेभ ने, “राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई प्रदान गरेको समर्थन कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरूलाई फिर्ता बोलाई सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरेको छ।”

    यो निर्णयसँगै शिक्षामन्त्री खनाल, श्रममन्त्री अर्याल र स्वास्थ्य राज्यमन्त्री कार्कीले राजीनामा दिएका छन्। गृह मन्त्रालय नपाएपछि सरकारमा सहभागी भएको १९ दिनमै राजीनामा दिएर रास्वपाका मन्त्री सिंहदरबारबाट बाहिरिएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।