Logo

२०८३, आश्विन ९गते

images
images

अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलको तयारी अन्तिम चरणमा

अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलको तयारी अन्तिम चरणमा

images
  • सेतोमसी सहकर्मी
  • अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलको तयारी अन्तिम चरणमा
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ ।माघ २८ देखि सुरु हुने प्रतियोगिताको तयारी लगभग पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका १६ टोली सहभागी हुने आयोजक चितवन भेटेरान फुटबल क्लबले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रतियोगितामा भारतको कलकत्ता भेटेरानसहित नेपालबाट आयोजक चितवन भेटेरान निलो, चितवन भेटेरान रातो, अभिषेक चर्च भेटेरान रजहर, नागासोती भेटेरान क्लब हेटौंडा, सिमरा भेटेरान सिमरा, डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भुपू सैनिक जबई स्पोर्टिङ, भनी मण्डल भेटेरान, एक्स महेन्द्र पुलिस क्लब, बगरभाई खलक भेटेरान, हेटौंडा भेटेरान, फ्रेण्ड्स भेटेरान, दरबार भेटेरान नुवाकोट र थापा गाउँ सुधार समिति भेटेरान सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । नक आउटका आधारमा हुने प्रतियोगितामा दुबै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछ ।

    images
    images
    images

    प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडीले नगद दश हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् ।

    images
    images
    images

    हरेक खेलको म्यान अफ दि म्याचले एक हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ । स्व दीलिप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ ।माघ २८ देखि सुरु हुने प्रतियोगिताको तयारी लगभग पुरा भएको आज  आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका १६ टोली सहभागी हुने आयोजक चितवन भेटेरान फुटबल क्लबले जानकारी दिएको छ ।

    प्रतियोगितामा भारतको कलकत्ता भेटेरानसहित नेपालबाट आयोजक चितवन भेटेरान निलो, चितवन भेटेरान रातो, अभिषेक चर्च भेटेरान रजहर, नागासोती भेटेरान क्लब हेटौंडा, सिमरा भेटेरान सिमरा, डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भुपू सैनिक जबई स्पोर्टिङ, भनी मण्डल भेटेरान, एक्स महेन्द्र पुलिस क्लब, बगरभाई खलक भेटेरान, हेटौंडा भेटेरान, फ्रेण्ड्स भेटेरान, दरबार भेटेरान नुवाकोट र थापा गाउँ सुधार समिति भेटेरान सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । नक आउटका आधारमा हुने प्रतियोगितामा दुबै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछ ।

    प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडीले नगद दश हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् ।

    हरेक खेलको म्यान अफ दि म्याचले एक हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ । स्व दीलिप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।