Logo

२०८३, आश्विन ९गते


images
images

भ्यालेन्टाइन सप्ताह: आज टेडी डे, आफ्नो प्रेमी-प्रेमीकालाई यसरी दर्शाउनुहोस् प्रेम

भ्यालेन्टाइन सप्ताह: आज टेडी डे, आफ्नो प्रेमी-प्रेमीकालाई यसरी दर्शाउनुहोस् प्रेम

images
  • भ्यालेन्टाइन सप्ताह: आज टेडी डे, आफ्नो प्रेमी-प्रेमीकालाई यसरी दर्शाउनुहोस् प्रेम
    images
    images

    काठमाडौं । आज फेब्रुअरी १० अर्थात् ‘भ्यालेन्टाइन डे’को चौथौ दिन । ‘भ्यालेनटाइन डे’को प्रतीक्षा रहेको युवायुवतीले आज आफ्नो प्रेमीप्रेमीकालाई टेडी अर्थात् ‘गुडिया दिएर मनाइरहेका छन् । यो पश्चिमी संस्कृति भए पनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ ।

    images
    images
    images

    १४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात् प्रणय दिवस भने पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउने गर्छन् । यसको सुरुवात ७ फेब्रुअरीबाट सुरु हुन्छ ।

    images
    images
    images

    आजको दिन विश्वभर टेडी अर्थात् ‘गुडिया दिएर मनको भावना आफूले मन पराएको व्यक्तिसामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा हेरिन्छ ।

    images
    images
    images

    प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।

    आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।

    किन मनाइन्छ टेडी डे ?

    ‘टेडी डे’ ‘चकलेट डे’को भोलिपल्ट मनाइन्छ ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ । टेडी एकदम कोमल हुन्छ । यो दिन आफ्नो प्रेमीप्रेमीकालाई ‘टेडी’ उपहार दिएर मनाउने गरिन्छ । आफ्नो प्रेमीप्रेमीकालाई टेडी उपहार दिँदा तपाईँको मनको कुरा त्यो टेडीमार्फत तपाईँले माया गर्ने मान्छेसम्म पुग्ने गर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।