Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा दर्शकको घुइंचो, सांगीतिक माहोलमा झुमे दर्शक    

देवदह महोत्सवमा दर्शकको घुइंचो, सांगीतिक माहोलमा झुमे दर्शक    

images
  • देवदह महोत्सवमा दर्शकको घुइंचो, सांगीतिक माहोलमा झुमे दर्शक    
    images
    images

    देवदह। माघ २६ देखि सुरु भएको देवदह महोत्सवको शनिबार तेस्रो दिन मेलामा दर्शकको भिड लागेको छ। मेलाको तेस्रो दिन राष्ट्रिय कलाकार सौगात सागर, अर्जुन सापकोटा र सिता रानाको प्रस्तुतिमा दर्शक झुमेका हुन्। सौगात सागरको तिमि फुल्यौ कतै म फुले कतै, अर्जुन सापकोटाको ' ए ठुली र बनकि चरी तथा सीता रानाको लोक दोहोरि गीतमा दर्शक झुमेका हुन्। 
     
    मेलाको तेस्रो दिन शनिबार सार्वजनिक विदाको दिन समेत भएकोले पनि दर्शकको घुइँचो लागेको हो। शनिवार मात्रै १० हजार दर्शकले मेलाको अवलोकन गरेको मेला मूल समितिका सचिवालय संयोजक थानेश्वर लम्सालले बताए। 

    images
    images
    images

    उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ । देवदहमा २०७१ साल देखि नियमित रुपमा महोत्सव लाग्दै आएको छ । यो सातौं संस्करण हो । महोत्सवको बिहिवार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरेका थिए ।

    images
    images
    images

    'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा दैनिक गोष्ठी तथा सेमिनार सञ्चालन गरिनेछ। 

    images
    images
    images

    महोत्सवमा उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचान गरि २ सय वटा स्टल रहेका छन् ।

    अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताएका छन् ।

    महोत्सवमा भोलिको आकर्षणको रूपमा पहिलो लोक दोहोरी च्याम्पियन बिजेता प्रकाश पराजुली, लोक गायिका रितु थापा र सिर्जना आले तथा हास्य कलाकार दीपेन्द्र वली आउने महोत्सवका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले बताए। 

    महोत्सवमा निशुल्क मधुमेहको जांच र दन्त परिक्षण  समेत भैरहेको छ । लायन्स क्लब अफ देवदहको समन्वयमा श्रीकृष्ण पोलिक्लिनिक र विजय डेण्टलको प्राविधिक टोलीले शनिवार मात्रै ४ सय ८० जनाले सुगर, प्रेसर र दन्त परीक्षण गरेको लायन्स क्लबका अध्यक्ष विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।