Logo

२०८३, कार्तिक २८गते


images
images

रुपन्देहीका सम्पादकसंग फ्रि मिडिया नेटवर्कको छलफल

रुपन्देहीका सम्पादकसंग फ्रि मिडिया नेटवर्कको छलफल

images
  • रुपन्देहीका सम्पादकसंग फ्रि मिडिया नेटवर्कको  छलफल
    images

    बुटवल । रुपन्देहीका विभिन्न संचारमाध्यमका सम्पादकसंग फ्रि मिडिया नेटवर्कले छलफल गरेको छ। आइतबार नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा छलफल गर्दै रुपन्देहीको पत्रकारितालाई थप सन्तुलित र विश्वसनीय बनाउनु पर्नेमा जोड दिए । 

    images
    images
    images

    पत्रकारहरुको आफ्नै कारणले पनि पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न उठेको बताउँदै छलफलमा सहभागी सम्पादकहरूले पत्रकारितालाई खोज र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए। सम्पादकले सम्पादकीय स्वतन्त्रता र पदिय जिम्मेवारी तथा रिपोर्टरले पेशागत मर्यादा कायम गर्न सके रुपन्देहीको पत्रकारिता प्रश्न नउठ्ने सम्पादकहरूको ठहर छ। 

    images
    images
    images

    फ्रि मिडिया नेटवर्क नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फोरम हो। 

    images
    images

    छलफलमा सम्पादकहरू विष्णु पोखरेल, छवि पाण्डे, माधव नेपाल, कपिल ज्ञवाली, डिवी सुस्लिङ्ग, भारत जेबी, भगावती पाण्डे, शेरबहादुर केसी, भवानी पाण्डे, विक्रम खडका, भरत पाण्डे, बालकृष्ण चापागाईं लगायतले सहभागिता जनाएका थिए। 

    छलफलमा पत्रकार महसंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, उपाध्यक्ष विश्वास ढकाल, सचिव विनोद परियार सहसचिव विरेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो।  
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।