Logo

२०८३, कार्तिक २७गते


images
images

अव्यवस्थित भूमिको राजश्व घटाउन देवदह नगरपालिका 'डेलिगेसन' जाने

अव्यवस्थित भूमिको राजश्व घटाउन देवदह नगरपालिका 'डेलिगेसन' जाने

images
  • सेतोमसी सहकर्मी
  • अव्यवस्थित भूमिको राजश्व घटाउन देवदह नगरपालिका 'डेलिगेसन' जाने
    फाइल फोटो
    images

    पुर्ण पौडेल, देवदह ।  भूमिहीन तथा अव्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा लिंदा लिईने राजश्व धेरै भएको भन्दै देवदह नगरपालिका डेलिगेसन जाने भएको छ। देवदहमा लालपुर्जा तयार भएपनि राजश्व धेरै भएका कारण नागरिकले लालपुर्जा लिन नसकेको कारण राजश्व घटाउन नगरपालिकाले पहल गरिरहेको  नगर प्रवक्ता गणेश डुम्रेले बताए । 

    images
    images
    images

    सोमबार पत्रकारसंग कुरा गर्दै प्रवक्ता डुम्रेले अव्यवस्थित बसोबासी तथा आवास कम्पनीको जग्गा सम्बन्धी समस्या समेत समाधान गर्न नगरपालिकाले आवश्यक सहजीकरण र समन्वय गरिरहेको भएपनि सरोकारवाला निकायले समस्यालाई गम्भीरतापुर्वक नलिदा समस्या देखिएको बताए । उनले भने, हामी नगरबासीलाई सहज हुने गरि राजस्व तोकियोस भन्ने चाहान्छौं, त्यसको लागि नगर प्रमुख सहितको टोली डेलीगेसनको लागि काठमाडौं जाने तयारी गरेको छ।"

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयमा पटक पटक बैठक बसेपनि त्यहाँबाट समस्याको समाधान ननिस्किएपछि नगरपालिका काठमाडौं डेलीगेसन जान लागेको जनाईएको छ। डेलिगेसनमा नगरप्रमुखसंगै केहि वडा अध्यक्ष र कर्मचारी समेत सहभागी हुने  नगरपालिकाले जनाएको छ । 

    images
    images

    साथै, देवदह नगरपालिकाले विना नक्शा निर्माण गरिएका घरलाई ३ सय प्रतिशत जरिवाना तिरेर कानुनी प्रक्रिया पुरा गर्न दिएको समयसिमा सकिनै लाग्दा थप एक महिनाको म्याद थप गरेको छ। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।