Logo

२०८३, कार्तिक २८गते


images
images

शिवरात्रिमा एक करोडको फूल र बत्तीले सजाइँदै पशुपति

शिवरात्रिमा एक करोडको फूल र बत्तीले सजाइँदै पशुपति

images
  • शिवरात्रिमा एक करोडको फूल र बत्तीले सजाइँदै पशुपति
    images

    काठमाडौं । शिवरात्रि आउन केही दिन मात्रै बाँकी छँदा पशुपतिनाथ मन्दिरपरिसरमा सजावट कार्य सुरु भएको छ । ६ फागुनको महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरपरिसरमा फूलमाला र बत्तीले सजावट गर्ने, शिव–पार्वती, गणेश र पशुपतिनाथ मन्दिरसँग सम्बन्धित चित्रकला कोर्ने, आसपासका सडक मर्मत गर्ने, लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, गेट निर्माण गर्ने, साधुसन्तका लागि बसोवास व्यवस्थापन गर्नेलगायत कार्य थालेको हो । 

    images
    images
    images


    कोषले यसपटक फूल र बत्तीको सजावटका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । यसबाहेक सजावटका कार्यका लागि दाताहरूले आर्थिक सहयोग गर्ने बताइएको छ । कोषले यो वर्ष शिवरात्रिका लागि ८० लाख रुपैयाँ छुट्याएको थियो भने २० लाख कोषको मौज्दात खाताबाट खर्च हुनेछ । यसबाहेक मन्दिरपरिसरमा रहेका पर्खाल र सडकका लागि कोषले १० लाख छुट्याएर काम गरिरहेको छ । कोषले साधुसन्त व्यवस्थापनका लागि करिब १० लाख छुट्याएको छ । 

    images
    images
    images


    शिवरात्रिका दिन भक्तजनको भिड व्यवस्थापन, सुरक्षा, यातायात सहजीकरण, विदेशी आगन्तुकहरूलाई बसोवासलगायत तयारीसम्बन्धी कार्य भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष शिवरात्रिका अवसरमा भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या धेरै हुने भएकाले सोहीअनुसार तयारी गरिएको छ । कोषले यसपटक शिवरात्रिका दिन वेदको व्याख्या सम्बन्धित विशेष प्रवचनका लागि भारतको जग्गानाथपुरी मठका मठाधीश जगद्गुरु निश्चलनान्द सरस्वतीलाई डाकेको छ । भारतका चारवटा प्रसिद्ध हिन्दू मठमध्येका एक मठका मठाधीशलाई शिवरात्रिका दिन डाकिएको हो । जगद्गुरु निश्चलनान्दले हिन्दू दर्शन, वेद र शिव पार्वतीको कथामा तीन दिन प्रवचन दिनेछन् ।  

    images
    images

    सवारीसाधनलाई रोकिनेछ ।
    कोटेश्वरतर्फबाट आएका मालवाहक गाडी तिनकुने र महाराजगन्ज हुँदै आएका मालवाहक सवारीसाधन चाबहिलमा रोकिनेछ । गौशाला चोकमा भिडभाड भएर सवारीसाधन चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ जाने सवारीसाधन रोकिनेछ । त्यस्तै, बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी, रातोपुल, सिफल चौर, जयबागेश्वरीबाट आउने सवारीसाधनलाई पनि रोकिनेछ । ती सवारीसाधनले वैकल्पिक मार्ग अपनाउनुपर्नेछ । 
     यी ठाउँमा तोकिएको छ पार्किङ 
    भक्तजन चारैतिरबाट आउने भएकाले शिवरात्रिका दिन पशुपति क्षेत्रमा पार्किङको समस्या हुन्छ । कोषले ट्राफिकसँग समन्वय गरी वनकाली खुला चौर, गुह्येश्वरी, भण्डारखाल, सिफलचौर, अमलकोट, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर, तिलगंगा आँखा अस्पतालबाहिरको खाली ठाउँलगायतमा पार्किङको व्यवस्थापन गरेको छ । सरकारी निकायका पदाधिकारी र सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरीवृत्त, कोषको कार्यालय र कोषको भित्री खाली जग्गामा पार्किङ गर्न पाइनेछ । 
     सिसिटिभीमार्फत निगरानी राख्न निर्देशन
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महाशिवरात्रिमा पशुपतिपरिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा आइतबार आयोजित सरसफाइ अभियानमा उनले सुरक्षा व्यवस्था बलियो बनाउन सिसिटिभीमार्फत निगरानी राख्न निर्देशन दिएका हुन् । सरसफाइ अभियानका क्रममा मन्त्री किराँतीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टाछुट्टै ‘डस्टबिन’ राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए । उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्नसमेत आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।