सुनवल । अन्नपूर्ण बाल क्लबद्वारा आयोजित अन्तर विद्यालयस्तरिय फुटसल प्रतियोगिता सम्पन्न भएको छ। सुनवल नगर स्तरीय विद्यालयका शिक्षकहरू बिचमा भएको उक्त प्रतियोगिताकाे उपाधि अन्नपूर्ण "बि" ले जितेको छ।
बिजेता टोलीले १० हजार नगद सहित ट्रफि र मेडल जितेको छ भने उपविजेता लोटस इंग्लिस वोर्डिङ स्कुलले नगद सात हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा अन्नपूर्ण बोर्डिंग स्कुलका शिक्षक नमराज थापाले सर्वाधिक १८ गोल गरेका थिए भने बेस्ट डीफेन्डर अन्नपूर्णका क्याप्टेन प्रेम थापा, र बेस्ट गोलकिपर अन्नपूर्णका गोलकिपर राजेन्द्र चौधरी भएका थिए ।
कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिकाे रूपमा सुनवल नगरपालिका वार्ड नं ७ का अध्यक्ष नारायण आचार्य तथा विशिष्ट अतिथि देवदह नगरपालिकाका प्रवक्ता एवम वार्ड नं ५ का अध्यक्ष गणेश डुम्रे र रुपन्देही जिल्ला प्याब्सनका सचिव बाबुराम बञ्जाडेको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका अध्यक्ष भीम ढकाल र प्रधानाध्यापक नेत्र रिजालको उपस्थिति रहेको थियो।
कार्यक्रम अन्नपूर्ण बाल क्लबका अध्यक्ष रोबिन बुढाथोकीले कार्यक्रमको अध्यक्षतामा सम्पन्न भएको थियो।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology