Logo

२०८३, आश्विन ११गते


images
images

हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थिति आउँदैनः नारायणकाजी श्रेष्ठ

हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थिति आउँदैनः नारायणकाजी श्रेष्ठ

images
  • हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थिति आउँदैनः नारायणकाजी श्रेष्ठ
    images
    images

    सुर्खेत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्कालै सत्ता समीकरण परिवर्तन नहुने बताएका छन्।

    images
    images
    images

    सुदूरपश्चिम जानेक्रममा सुर्खेत आएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताए।

    images
    images
    images

    उनले सत्तामा भएका अरू दलहरूको आचरणका कारण समीकरणमा केही समस्या आउन सक्ने बताए।

    images
    images
    images

    ‘तत्काल हाम्रो कारणले समीकरण बदलिने परिस्थित आउँदैन,’ श्रेष्ठले भने, ‘बाहिर आएजस्तो कसैले चाहेर गठबन्धन तोडिने कुरा हुँदै, हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थित भने आउँदैन।’

    राष्ट्रपति चयनका विषयमा भने उनले यसअघि दलहरूले सरकारको नेतृत्व गर्न माओवादीलाई गरेको विश्वासको आधारमा अघि बढ्नुपर्ने बताए।

    उनले भने, ‘संसदमा हामीले विश्वासको मत लिँदा ९९ प्रतिशत विश्वासको मत आएको छ, यो ऐतिहासिक थियो, अब राष्ट्रपति चयनमा पनि त्यो परिस्थितिलाई आत्मसात् गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो।’

    उनले रेशम चौधरीको मुद्दा राजनीतिक रूपमै सम्बोधन गर्ने माओवादीको मनसाय भए पनि कानुनी कुराले नमिलेको बताएका छन्।

    मुद्दा सरकारलाई समर्थन गर्ने लगायतका विषयमा नागरिक उन्मुक्त पार्टीसँग वार्ता भइरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

    ‘उहाँहरूको मुद्दा राजनीतिक भएकाले राजनीतिक रूपमै सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो, कानुनी प्रक्रिया मिलाउनुपर्ने भएकाले भनेकै बेला नसकिएको हो,’ उनले भने।

    श्रेष्ठले सरकार निर्माणपछि आफूहरू नीति तथा कार्यक्रमहरूलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

    उनले अहिले सरकार र सरकारमा भएका दलहरूले संविधान, स्वाधिनताको रक्षा, देशको समृद्धि, शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्नुपर्ने कार्यभारसहित अगाडि बढेको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।