Logo

२०८३, आश्विन ९गते


images
images

खड्ग प्रसाद गौचन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता: मदन भण्डारी स्र्पोट्स एकेडेमी विजयी

खड्ग प्रसाद गौचन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता: मदन भण्डारी स्र्पोट्स एकेडेमी विजयी

images
  • खड्ग प्रसाद गौचन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता: मदन भण्डारी स्र्पोट्स एकेडेमी विजयी
    images
    images

    बुटवल, ।खड्ग प्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मदन भण्डारी स्र्पोट्स एकेडेमी विजयी भएको छ । बिहिबार भएको खेलमा न्यु होराईजन क्रिकेट एकेडेमीमाथि मदन भण्डारीले ६ बिकेटको जित निकालेको हो । देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर न्यु होराईजनले २१.२ ओभरमा सबै बिकेट गुमाएर १ सय २ रनको लक्ष्य खडा गरेको थियो । न्यु होराईजनका आरिफ खानले ३५ रन तथा अंकित बिएमले १८ रनको योगदान दिए ।

    images
    images
    images

    कम स्कोरमा रोक्न मदन भण्डारीका सागर भण्डारीले ३ तथा अदिप्सन नेपालीले २ बिकेट लिए । मध्यम लक्ष्यलाई मदन भण्डारीका ब्याट्सम्यानहरुले २१.१ ओभरमा ४ बिकेटको नोक्सनीमा लक्ष्य भेटाए । मदन भण्डारीको जितमा अवानिस कुमारले ५४ रन र मनिष तिवारीले १४ रन बनाए । न्यु होराईजनका अमर मिश्रले २ तथा सुमिद पराजुलीले १ बिकेट लिए । खेलमा मदन भण्डारीका सागर भण्डारीले म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

    images
    images
    images

    यसैगरि समुह ‘ए’ को अन्तिम खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की विजयी भएको छ । सेन्टरले स्टार क्रिकेट एकेडेमीमाथि ४७ रनको जित निकालेको हो । सेन्टरका सिब्रिन श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तरगत शुक्रबार समुह ‘बि’ को न्यु होराईजन एकेडेमी र क्रिकेट एक्सेलेन्स सेन्टर काठमाण्डौ तथा धनगढी क्रिकेट एकेडेमी र मदन भण्डारी स्पोटर््स एकेडेमीका बिचमा खेल हुने छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।