Logo

२०८३, आश्विन ११गते


images
images

जनसँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न  सक्दैन: मन्त्री गाहामगर       

जनसँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न  सक्दैन: मन्त्री गाहामगर       

images
  • जनसँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न  सक्दैन: मन्त्री गाहामगर       
    images
    images

    राजेश  पराजुली, पोखरा ।  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले जनसँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीले आयोजना गरेको ‘वृहत खुल्ला सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो धारणा राखेका हुन् । 

    images
    images
    images

    उनले आदिवासी जनजाति समुदायको जनसँख्या धेरै भएपनि पहुँचको हिसाबले कमजोर रहेको बताए ।  ‘आदिवासी जनजाति समुदाय संख्याको हिसाबमा धेरै छौं । सँख्याको हिसाबमा धेरै भएपनि विचार, संघर्ष र पहुँचमा पछाडी छौं, मन्त्री गाहामगरले भने, ‘त्यसैले अब आदिवासी जनजातिको मौलिक हकका निम्ति एकढिक्का र गम्भीर हुन जरुरी छ ।’

    images
    images
    images

    उनले एकताले मात्रै पहुँच स्थापना हुन नसक्ने बताउदै शैक्षिक सशक्तिकरणको आवश्यकता रहेको उल्लेख गरे । मन्त्री गाहामगरले जनजाति साँस्कृतिक हिसाबले धनी रहेको बताउदै संरक्षणको जरुरी रहेको बताए । ‘हामी कल्चर र नेचरले धनि छौं, यसको संरक्षण हुन नितान्त जरुरी । तपाइहरु विद्यार्थी जीवनबाट नै पढ्दै सिक्दै संस्कृति संरक्षणको विषयमा गम्भीर हुन आवश्यक छ । । किनभने हाम्रो मौलिक तथा ऐतिहासिक संस्कृति र परम्परा बचाउनुपर्ने अवस्था आएको छ ।’ उनले भने ।

    मन्त्री गाहामगरले विद्यार्थी नेताहरुलाई फरक–फरक पार्टीमा आवद्ध भएपनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाब दिएका थिए ।

    नृत्य प्रतियोगितामा डिडी डान्स स्टुडियो प्रथम

    आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीको आयोजना र नेपाल मगर विद्यार्थी पृथ्वीनारायण क्याम्पस किमिटीको सहआयोजनामा सम्पन्न वृहत खुल्ला सांस्कृतिक तथा नृत्य प्रतियोगितामा सामुहिकतर्फ डिडी डान्स स्टुडियो प्रथम भएको छ ।

    326783085_591508039499313_6476450108395671173_n.jpg

    यस्तै न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्धितीय, फुलमुन डान्स स्टुडियो तृतीय र दीप मगर समाज र ज्ञानु बाबा बोर्डिङ स्कुलले सान्त्वना स्थान हाँसिल गरे । 
    सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका समूहलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार रसान्त्वना भएका दुई समूहलाई समान २÷२ हजार नगद राशी प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष अर्जुन बरामले जानकारी दिए ।

    उनका अनुसार एकल नृत्यतर्फ यसोधा रोका प्रथम, सरु खत्री द्धितीय र डानियाल तृतीय भइन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोशन गाहामगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।