प्रदेश सांसद नरोत्तम वैद्य एक चिरपरिचित समाजसेवी पनि हुन् । हिजोको बयानले पक्ष विपक्षमा एकप्रकारको तरंग पैदा गरेको छ।सदनको रोस्टमबाट मुलुकको हित र अस्मितामा खेलवाड गरेको गम्भीर आरोपका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन आफै नाथुराम गोडसे बन्न तयार रहेको अभिव्यक्ति दिए । यो अभिव्यक्ति आफैमा आपत्तिजनक र निन्दनीय छ ।
नि:संदेह वैद्यले आफ्ना अभिव्यक्तिका लागि नि:शर्त क्षमायाचना गर्नु आवश्यक छ । तर त्यसपछि नेपाली राजनीतिका सबै पक्ष विपक्षमा गोडसे र गोडसे प्रवृत्तिलाई निरुत्साहित गर्न ठोस कदम उठाइनु त्यत्तिकै आवश्यक छ । हिंसाको वैधानिकता स्वीकार गर्ने यो संविधानलाई नत्यागे नेपाली राजनीतिमा पुनः बन्दुकको वर्चश्व कायम रहने छ ।
ओलीलाई नक्कली गान्धी बनाएर किन कस्ले जन्माउँदैछ नथुराम गोड्सेहरु
बिगत ३८ महिनाको शासनकालमा ओली-भण्डारीद्वयले १८ पटक मन्त्रि परिषद् परिवर्तन गरेका छन् । त्यो प्रधानमन्त्रीको विशेषाधिकार भित्र पनि पर्छ । तर पछिल्ला दुई विस्तारले ओलीलाई एउटा पूर्ण अधिनायक तथा अराजकतावादी प्रधानमन्त्रीका रुपमा स्थापित गरेको छ । र, राष्ट्रपति संविधानको अभिभावक नभएर ओलीको मतियारको रुपमा प्रस्तुत भएकी छिन् । संविधानमा राष्ट्रपति ‘आलंकारिक’ भएकाले कार्यकारीको निर्णय बाहिर जान नसक्ने यस अघिको संसद विघटन प्रकरणमा उनले दिएको जवाफ उनको व्यवहार र आचरणभन्दा ठ्याक्कै उल्टो छ।
यति मात्रै पनि काफी छैन, राजनीतिक दलहरु प्रती नैरस्यताको बिजारोपण बहुदलीय ब्यवस्थाको सुरूवाती चरण र निजीकरणको व्यापार पनि प्रमुख कारक तत्वको रूपमा उभिएको छ। सशस्त्र द्वन्द्व र १२ बुँदे दिल्ली सम्झौताको पासो हुँदै हालै मत बिभाजित र निकै चासोको अमेरिकी परियोजना एमसिसी रहेको कुरा सर्वत्र दिनको घाम जस्तै छर्लङ्गिएको छ।
माथी उल्लेख गर्नुपर्ने मुख्य कुरो यो होकि पद, पैसा र प्रतिस्ठाको लागि जुनसुकै सन्धी सम्झौता गर्न पनि पछि नपर्नुको नतिजा अहिले भोगिदैछ । देशको अर्थतन्त्र परनिर्भर छ नै । अहिले आएर सत्तातन्त्र पनि परनिर्भर बनेको तितो यथार्थ ओकलिरहनु नपर्ला ।भारतिय, चिनिया र अमेरिकी राजदुतको सक्रियता यसैको एक उदाहरण हुन । आफ्ना एजेन्डा लागू गराउन बाह्य शक्तीहरु २०५८ जेठ १९ र २०५० जेठ ३ दोहोर्याउन पनि सक्छन् भन्ने दरिलो प्रमाणहरु जुट्दैछन ।
मुलतः समग्रमा देशभक्त नेपालीहरुले यो बुझ्न जरुरी छ की नाथुराम गोड्सेहरु उनैले जन्माईदिने र गान्धीहरु पनि उसैले बनाईदिने डबल अट्याकवाल रोल तयार भएको छ।मार्ने र मराउने खेलको चेपुवामा देश परेको छ । बर्बाद हुनबाट जोगाऔं ।
- रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology