Logo

२०८३, कार्तिक २८गते


images
images

गुल्मीको रुरुक्षेत्रमा औद्योगिक ग्राम स्थापना हुने

गुल्मीको रुरुक्षेत्रमा औद्योगिक ग्राम स्थापना हुने

images
  • गुल्मीको रुरुक्षेत्रमा औद्योगिक ग्राम स्थापना हुने
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीको रुरुक्षेत्र  गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गर्ने प्रस्तावलाई मन्त्रीपरिषदले स्वीकृत गर्ने निर्णय गरेको छ।  रुरुक्षेत्र गाउँपालिकाले पेश गरेको औद्योगिक ग्राम स्विकृत भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिएका छन् ।

    images
    images
    images


    औद्योगिक ग्राम स्विकृत भएकाले गाउँपालिकाले डिपिआर बनाएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पूर्वाधार बनाउन आवश्यक बजेट उपलब्ध गराउने अध्यक्ष ज्ञवालीले  बताए । 

    images
    images
    images


    ‘औद्योगिक ग्राम संचालन भएपछि स्थानीय स्रोत साधन, कच्चापदार्थको सदूपयोग हुन्छ’ उनले भने। औद्योगिक ग्राम स्थापना भएपछि स्थानीय प्रविधि र सीपको प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढ्ने उनको अपेक्षा छ।

    images
    images


    औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार गाउँपालिकाको वडा न.  ४ मा  आवश्यक जग्गा उपलव्ध गराइएको अध्यक्ष  ज्ञवालीले बताएका  छन्  । 


    औद्योगिक ग्राममा भवन, खानेपानी, ढल निकास , बिजुली, घेराबार लगायतका भौतिक पुर्वाधार बन्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।