देवदह । देवदहमा अवस्थित खड्ग माध्यमिक विद्यालयको हीरक महोत्सव सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल अग्रहरीको अध्यक्षता र प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले स्व. खड्ग बहादुर गुरुङले पुर्याएको योगदानको चर्चा गरे । विद्यालयले अगाडी सारेका योजनालाई आफू र तिनै तहको सरकारको समन्वयमा सहयोग गर्ने प्रतिवद्द्ता जनाउदै उनले अभिभावकले समेत आफ्ना बालबालिकाकोब पठनपाठनको विषयमा ध्यान दिन जरुरी रहेको बताए । सो अवसरमा उनले भगत सर्वजित स्मृति प्रतिष्ठानले स्व.अङ्गीरा प्यासीको नाममा एक लाख बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य माननीय जानकी न्यौपानेले विद्यालयलाई यहाँसम्म ल्याईपुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै अभिभावकलाई आफ्नो बच्चाहरूलाई के कसरी पढेका छन भनेर बेला बेला विद्यालयमा अनुगमन गरिरहन आग्रह गरिन।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले हीरक महोत्सवको अवसरमा विद्यालयको व्यवस्थापन, शैक्षिक गुणस्तर यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनोस् भन्ने शुभकामना व्यक्त गरे । सामुदायिक विद्यालयको संरक्षण र यसको विकास गर्न अभिभावक, विद्यार्थी साथै यस क्षेत्रको हामी सम्पूर्णको उत्तिकै महत्त्वपूर्ण भुमिका रहने उनले शिक्षालाई रुपान्तरण गरेर विद्यालयले प्राविधिक शिक्षालाई विशेष जोड दिनु पर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै खड्ग परिवारको सदस्य तथा बर्दघाट नगरपालिका वडा नं ५ को वडा अध्यक्ष विमला गुरुङले विद्यार्थीहरुले शिक्षाको साथ साथै सस्कार पनि सिक्नु बताउंदै विद्यार्थीले सस्कार भुले जीवन उजाड हुने र सस्कार सिके जीवन फूल जस्तो हुने उहाले बताइन।
कार्यक्रममा रेडियो देवदहका अध्यक्ष प्रजापति सापकोटा, सिक्टन मा.वि का प्रधानाध्यापक दुधनाथ कवर, संस्थागत विद्यालयको तर्फबाट केशव खनाल, योग गुरु नमकान्त पाण्डे, अजय रौनियार, पुर्व प्रधानाध्यापकहरुको तर्फबाट दिपक बञ्जाडे, जनता मा.विका शिक्षक कृष्ण प्रसाद अर्याल लगायतले आ–आफना भनाई राखेका थिए ।
साथै हिरक महोत्सवको अवसरमा स्व.खड्ग बहादुर गुरुङको सालिक अनावरण गरिएको थियो भने खड्ग स्मारिका समेत विमोचन गरिएको थियो।
कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, कर्मचारी र विद्यालयका चौतर्फि विकासका लागि सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रार्चाय बाबुराम बस्नेतले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका सहायक प्र.अ राजिव प्रसाद अग्रहरीको स्वागत र शिक्षक पुर्शोत्तम बश्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
विद्यालयमा हाल ४ सय ८० जना विद्यार्थी र १७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology