Logo

२०८३, कार्तिक २९गते


images
images

देवदह महोत्सवमा भोलि पुष्कल शर्मा सहित आधा दर्जन कलाकारको प्रस्तुति रहने

देवदह महोत्सवमा भोलि पुष्कल शर्मा सहित आधा दर्जन कलाकारको प्रस्तुति रहने

images
  • देवदह महोत्सवमा भोलि पुष्कल शर्मा सहित  आधा दर्जन कलाकारको प्रस्तुति रहने
    images

    देवदह । सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा फागुन ९ गते मङ्गलबार चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक पुष्कल शर्मा आउने भएका छन्। 

    images
    images
    images

    लोकसंगीत क्षेत्रमा भिन्न किसिमको पहिचान बनाएका शर्माको प्रस्तु्ुतीले मंगलबारको महोत्सव तात्नेछ। सबैका मन मुटुमा बस्न सफल शर्माका वियोगान्त कथा प्रेममा आधारित  'मुटु जलाई जलाई ,दलित, फ्यान ,म मरेको दिन ,अकाल ,एका देशको कहानी' लगायतका दजर्नौ गीतहरु निकै चर्चित छन्। 

    images
    images
    images

    भोलि मंगलबारका दिन शर्मा संगै आधुनिक  गायक तेजु अर्याल, प्रसान्त गैरे, लोक गायक 
    डोलराज न्यौपाने, विधान कार्की, राजन राज सिवाकोटी साथमा स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने महोत्सवका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले बताए। 

    images
    images

    देवदह उद्योग व्यापार संघको आयोजनामा यहि फागुन २६ गते देखि सुरु भएको महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहँदै आएको छ। 

    मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् । 

    महोत्सव सञ्चालन भएको एकदुई दिन सन्तोष जनक व्यापार भएको मेलामा अहिले भने दर्शकहरुको भीड देख्न सकिन्छ। राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु नाच्ने, रमाउने गरेको देख्न पाइन्छ। साथै मेलामा बालउद्यान समेत रहेकाले पनि साना देखि ठूला सम्मका दर्शकहरु आउने गरेका छन्। 

    स्थानीय रुपमा देवदह क्षेत्रका विभिन्न विद्यालय, विद्यालय बीच खेल कार्यक्रम, डान्स, गायन जस्ता विभिन्न कार्यक्रमहरुले पनि महोत्सवको रौनक बढेको देख्न पाइन्छ। 

    साथै देवदह क्षेत्रलाई चिनाउने सबै प्रर्यटकिय स्थलहरुको यसै मेलाबाट अवलोकन गर्न पाएकोमा आम दर्शकहरु निकै खुसी भएको बताउँछन्। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।