Logo

२०८३, आश्विन ९गते


images
images

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

images
  • घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?
    images
    images

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ। 

    images
    images
    images

    गत कारोबार दिन अर्थात् बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images

    बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।