देवदह । रुपन्देहीको देवदहमा अवस्थित आफन्त बचत तथा ऋण सहकारी संस्था लि. र देवदह मेडिकल कलेज एन्ड रिसर्च ईन्स्टिच्युटबीच स्वस्थ्य उपचार सुबिधामा सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार आफन्त साकोसका शेयर सदस्यहरुले ओपिडी टिकटमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आइ सि यु /एन आइ सि यु / पि आइ सि यु मा १० प्रतिशत, सर्जिकलमा, प्याथोलोगिकल ल्याब र रेडियोलोजिमा १५/१५ प्रतिशत, होलबोडी चेकअपमा २५ प्रतिशतका साथै अन्य सेवामा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको संस्थाका व्यवस्थापक बिजय बहादुर क्षेत्रीले जानकारी दिए । साथै शेयर सदस्य एकाघरमामाथि उल्लेखित छुट सेवामा ५० प्रतिशत छुट रहेको सम्झौतामा उल्लेख छ ।
साकोसको तर्फबाट अध्यक्ष गणेश सापकोटा र व्यवस्थापक बिजय बहादुर क्षेत्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने देवदह मेडिकल कलेजको तर्फ देखि अध्यक्ष गोपाल बहादुर पोख्रेलले हस्ताक्षर गरि सम्झौता गर्नुभएको थियो ।
वि.स. २०६८ सालमा देवदह ११ शंकरपुरमा स्थापना भएको आफन्त बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवससंगै आफ्ना शेयर सदस्य एवंम एकाघर सदस्यहरुमा उपचार सुबिधामा विशेष छुट सहित देवदह ९ भलुहीस्थित देवदह मेडिकल कलेजबीच सहमति भएको संस्थाका अध्यक्ष गणेश सापकोटाले बताएका छन् ।
रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको आफन्त साकोसले हाल केन्द्रीय कार्यलय सहित तीन सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाइ सेवा प्रवाह गर्दै आइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology