Logo

२०८३, आश्विन ९गते


images
images

अब स्तरीकृत परीक्षा, विद्यार्थीलाई सजिला प्रश्नपत्र मात्रै सोधिने !

अब स्तरीकृत परीक्षा, विद्यार्थीलाई सजिला प्रश्नपत्र मात्रै सोधिने !

images
  • अब स्तरीकृत परीक्षा, विद्यार्थीलाई सजिला प्रश्नपत्र मात्रै सोधिने !
    images
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्नेगरी स्तरीकृत परीक्षा लिने भएको छ। यसअघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ।

    images
    images
    images

    शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषयक शिक्षा बहसमा बोल्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तल्लो तहदेखि नै विद्यार्थीको मूल्यांकनमा सुधार गर्न लागिएको बताए।

    images
    images
    images


    ‘अहिलेसम्मका प्रश्नपत्रमा विद्यार्थीको ज्ञान मात्रै नापिरहेका थियौं। अब बोध, प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गछौं ।’  डा. शर्माले भने, ‘त्यसको काम स्तरीकृत परीक्षा मार्फत् गर्छौं ।’ 

    images
    images
    images


    डा. शर्माकाअनुसार बोर्डले पहिलो चरणमा ६ देखि ८ कक्षामा अनिवार्य विषयहरु अंग्रेजी, विज्ञान र गणितलाई स्तरीकृत परीक्षामार्फत् मूल्यांकन गर्नेगरी तयारी शुरु गरेको छ । आगामी शैक्षिकसत्र देखि नै केही पालिकाहरुमा यो लागू गर्ने बोर्डको तयारी छ ।

    बोर्डले यसको लागि अहिले धमाधम तयारी गरिरहेको छ । सातै प्रदेशमा प्रशिक्षकहरु तयार पार्ने काम सकिएको छ। अहिले जिल्ला र पालिकास्तरमा प्रशिक्षणको काम भइरहेको छ। प्रशिक्षकहरुले पालिकास्तरमा पुगेर विषयगत शिक्षकहरुलाई प्रशिक्षित गरेपछि मात्रै स्तरीकृत परीक्षा लागू गरिने अध्यक्ष शर्माले जानकारी दिए । 

    शिक्षकहरुलाई प्रश्नपत्र निर्माणको सीप र विकासको प्रशिक्षण दिएपछि विगतका प्रश्नपत्र निर्माणको शैलीमा सुधार आउने अध्यक्ष डा. शर्माले बताए ।  प्रश्नपत्र निर्माणमा सुधार आउन साथ शिक्षकको शिक्षण सिकाइको विधि र शैलीमा समेत सुधार आइ सिकाइ सुधारमा मद्धत पुग्ने बोर्डको अपेक्षा छ । शिक्षकहरुले नयाँ शैलीको प्रश्नपत्र बैंक तयार पार्ने र परीक्षामा त्यही प्रश्नपत्रहरुबाट सोधिने बोर्डले जनाएको छ ।


    ‘अर्थात् अब विद्यार्थीलाई नसिकेको, नजानेको, कहिल्यै नसुनेको प्रश्नपत्र सोधिने छैन । सजिला प्रश्नपत्र सोधिने छन् । निश्चित गरिएका प्रश्नपत्रहरुमात्रै सोधिने छन् ।’ अध्यक्ष डा. शर्माले भने ।


    स्तरीकृत परीक्षापछि गणित, विज्ञान र अंग्रेजी विषय गाह्रो भन्दै विद्यार्थी डराउने संस्कृतिको अन्त्य हुने र अझ धेरै सिक्न विद्यार्थीलाई उत्प्रेरित गर्ने बोर्डले अपेक्षा लिएको डा. शर्माले बताए । 


    ‘शिक्षकहरुले विभिन्न आइटमहरु तयार पारी प्रश्नपत्रहरुका बारे पहिल्यै छलफल गर्छन् ।’ अध्यक्ष डा. शर्माले भने, ‘पछि त्यही प्रश्नपत्रका आधारमा कक्षाकोठामा पढाउने काम हुन्छ ।’ विद्यार्थीलाई पहिल्यै पढेका र जानेकाले सबै प्रश्नपत्र सजिला लाग्ने उनको दाबी छ । 

    विगतका मूल्यांकन प्रणालीमा केही कमजोरी देखिएकाले नै बोर्ड अहिले सुधारमा लागिरहेको उनको भनाइ छ । परीक्षामा सुधार गर्दा कक्षाकोठामा पनि सुधार हुन्छ भन्ने मान्यताका साथ विद्यार्थीको मूल्यांकन विधिमा समयानुकुल परिवर्तन गर्न बोर्ड जुटिरहेको अध्यक्ष शर्माले स्पष्ट पारे । 

    बोर्डका अध्यक्ष डा. शर्माले विद्यार्थीको मूल्याङ्कन दुई किसिमले हुने गरेको बताए । एउटा आन्तरिक र अर्को बाह्य । बोर्डले गर्ने मूल्याङ्कन बाह्य भएको र आन्तरिक मूल्याङ्कन सम्बन्धित पालिका, विद्यालय र शिक्षकले गर्ने उनको भनाइ छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।