Logo

२०८३, आश्विन ९गते


images
images

भारतीय मूलका अर्थशास्त्री अजय बंगा बने विश्व बैंकका अध्यक्ष

भारतीय मूलका अर्थशास्त्री अजय बंगा बने विश्व बैंकका अध्यक्ष

images
  • भारतीय मूलका अर्थशास्त्री अजय बंगा बने विश्व बैंकका अध्यक्ष
    images
    images

    काठमाडौं । अमेरिकाले भारतीय मूलका अमेरिकी अर्थशास्त्री एवं मास्टरकार्डका सीईओ अजय बंगालाई विश्व बैंकका अध्यक्ष मनोनित गरेको छ। राष्ट्रपति जो बाइडेनले बिहीबार उक्त पदका लागि मनोनित गरेको घोषणा गरेका हुन्। 

    images
    images
    images

    व्हाइट हाउसका तर्फबाट जारी विज्ञप्तिमा बाइडेले भनेका छन्, ‘अजय बंगासँग वैश्विक कम्पनी बनाउने विषयमा तीन दशक भन्दा बढीको अनुभव छ।’

    images
    images
    images

    बाइडेनले त्यस्तो समय उनलाई मनोनित गरेका छन्, जुन समय अमेरिका विश्व बैंकमाथि जलवायु परिवर्नसँग सम्बन्धी समस्या समाधानका लागि कदम चाल्न दबाब दिइरहेको छ। 

    images
    images
    images

    बंगाले एक दशक मास्टरकार्डको नेतृत्व गरेका हुन्। यसैगरी, अमेरिकाको निजी इक्विटी कम्पनी जनरल एटलान्टिकको अध्यक्षका रुपमा उनले काम गरेका छन्। 

    बंगासँग निजी क्षेत्रसँग मिलेर जलवायु परिवर्तनसँग जोडिएका समस्याका विषयमा काम गरेको अनुभव रहेको बताइन्छ। 

    भारतमा जन्मे हुर्केका बंगाले अमेरिकी नागरिकता लिइसकेका छन्। दिल्लीमा ग्र्याजुएट गरेका उनले अहमदाबादबाट एमबीए गरेका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व बैंक
  • # अजय बंगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।