Logo

२०८३, कार्तिक २८गते


images
images

वडाध्यक्षद्वारा वडा कार्यालयका इन्जिनियरमाथि कूटपिट

वडाध्यक्षद्वारा वडा कार्यालयका इन्जिनियरमाथि कूटपिट

images
  • वडाध्यक्षद्वारा वडा कार्यालयका इन्जिनियरमाथि कूटपिट
    images

    राजेश  पराजुली, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम बहादुर गुरुङ्गले कर्मचारीलाई कुटपिट गरेका छन् । अध्यक्ष गुरुङ्गले सोही वडाका इन्जिनियर लक्ष्मण जि.सी.लाई शुक्रबार विहान १०ः३० बजेको समयमा कुटपिट गरेका पिडितले जनाएका छन ।

    images
    images
    images

    कुटपिटबाट घाइते भएका इन्जिनियर जि.सी.को टाउँको, नाक, घाँटी र शरिरको विभिन्न ठाउँमा चोटपटक लागेको छ । वडाध्यक्षले आफुमाथी सार्वजनिक ठाउँमा नै कुनै कारण कुटपिट गरेकाले तत्काल आवश्यक कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन् । सो घटनाबारे जिल्ला प्रशासन कार्यालय कास्कीमा जानकारी भइसकेको स्रोतले बताएको छ ।

    images
    images
    images

    त्यस्तै इन्जिनियर जि.सी.लाई वडाध्यक्षले अश्लील गालीगलौज र हातपात गरेको विषयमा कास्की जिल्लामा रहेका क्रियाशील टे«ड यूनियनले विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा, “कर्मचारीले कार्यालयको कामको सिलसिलामा कुनै गल्ती गरेमा उसलाई कानुनी रुपमा कारबाही गर्न सकिने व्यवस्था हुँदा–हुँदै पनि दम्भ देखाएर बलको प्रयोग गरी कुटपिट गरेको प्रति त्यसविरुद्ध घोर भत्र्सना गर्दछौैं” भनिएको छ ।

    images
    images

    देशमा संघीयता कार्यान्वयन गर्नको लागि देशको कुनाकाप्चामा पुगी काम गर्ने कर्मचारीलाई हौसला प्रदान गरी काममा लगाउन सक्नुपर्ने ठाउँमा पटक–पटक अश्लील गाली गर्ने र हातपात गर्ने विषय कुनैपनि हालतमा क्षम्य हुन नसक्ने समेत सो विज्ञप्तिमा भनिएको छ ।

    हेर्नुहोस सुरक्षा पाउँ भन्ने पिडितको निवेदन र कर्मचारी संगठनको प्रेस विज्ञप्ति:

    331134212_899492431296771_9215724885815145372_n.png
    332994040_142397528728776_7257874641146297001_n.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कूटपिट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।