Logo

२०८३, आश्विन ११गते


images
images

सरकार नछाड्ने पक्षमा थियौँ, प्रधानमन्त्रीबाट दबाब आयो : एमाले

सरकार नछाड्ने पक्षमा थियौँ, प्रधानमन्त्रीबाट दबाब आयो : एमाले

images
  • सरकार नछाड्ने पक्षमा थियौँ, प्रधानमन्त्रीबाट दबाब आयो : एमाले
    images
    images

    काठमाडौं । नेकपा (एमाले)बाट मन्त्री बनेकाहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाविभागीय बनाउने तयारी गरेपछि सरकार छाड्नुपरेको पार्टीले जनाएको छ ।

    images
    images
    images


    सोमबार बसेको पार्टी सचिवालयको बैठकबाट सरकार छाड्ने निर्णय गरिएपछि उपप्रधान एवं अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले यस्तो बताएका हुन् । सरकार छाड्न प्रधानमन्त्री प्रचण्डबाट दबाब आएको उनको भनाइ छ ।

    images
    images
    images

    राष्ट्रपतिमा जुन सहमति भएको थियो, त्यो सहमति कार्यान्वयन नगर्ने अभिव्यति प्रधानमन्त्रीले दिनुभयो । सहमतिविपरीत राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने पक्षमा उहाँ पुगे पनि मुलुकको अवस्थालाई मूल्यांकन र विश्लेषण गर्दै हामीचाहिँ अधैर्यतापूर्वक निर्णय नगर्ने र सरकार नछाड्ने पक्षमा थियौँ,” उनले भने, “तर, उहाँले हामीलाई या त सरकार छाड्ने वा स्वइच्छाले नछाडे हटाउने वा विनाविभागीय बनाउने भनेपछि हामीले छाड्नुपरेको हो ।”
    उनले मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम जेनेभा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम क्षणमा अकारण नजान निर्देशन दिनु पनि आफूहरूलाई सरकारबाट हटाउने योजना भएको उल्लेख गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।